काठमाडौं । स्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका पूर्व प्रधानमन्त्री झलनाथ खनाल शुक्रवार डिस्चार्ज भएका छन् ।
उपचारको क्रममा उल्लेख्य सुधार आएको हुनाले उपचारमा संलग्न चिकित्सकको सल्लाह बमोजिम आवश्यक औषधी खानेगरी राखेर डिस्चार्ज गरिएको ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले बताए । उच्च रक्त चापको समस्या समेत रहेका पूर्व प्रधानमन्त्री खनाल बिहिबार धुम्बाराहिस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए ।
उनको उपचारमा बरिष्ठ छाति रोग विशेषज्ञ प्राडा अर्जुन कार्की, डा. रक्षा पाण्डे, डा. राजु पँगेनीको टोली र अन्य आवश्यक विशेषज्ञबाट पनि संलग्न रहेका थिए ।
पूर्व प्रधानमन्त्री खनाल डिस्चार्ज
पूर्व प्रधानमन्त्री खनाल डिस्चार्ज
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

