काठमाडौं । कोकाकोला र क्रियसनले बेस्ट वर्कर इमरजेन्सी रिलिफ प्रोजेक्ट (डब्लुडब्लुईआरपी) नामको संयुक्त पहलको घोषणा गरेको छ ।
यस प्रोजेक्टको लक्ष्य जोखिममा रहेको बेस्ट वर्कर र उनीहरुको परिवारलाई भाइरसको नकारात्मक असरबाट बचाउन सहयोग पुरयाउने उद्देश्यले जागरुकता, सुरक्षा सामग्री र राहत सामग्री प्रदान गर्ने रहेको छ ।
यो परियोजना कोकाकोलाको कोभिड १९ विरुद्ध लड्न आठ करोड रुपैंया सहयोग गर्ने प्रारम्भीक प्रतिबद्धताको एक हिस्सा हो । यस परियोजनाको पहिलो कार्यक्रम १५ मे, २०२०मा काठमाडौंको बुढानीलकण्ठस्थित वुमन फर हयुमन राईटमा आयोजना गरिएको थियो । यसमा १ सय ५० बेस्क वर्करलाई सुरक्षा सम्बन्धी जागरुकतासँगै राहत सामग्री वितरण गरिएको थियो । हालसम्म चार राहत कार्यक्रम सफलतापूर्वक संचालन भइसकेका छन । जसले ४ सय ६० वर्करलाई प्रत्यक्ष लाभान्वित गरेको छ ।
आठ करोडको सहयोग प्रोजेक्ट
आठ करोडको सहयोग प्रोजेक्ट
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

