काठमाडौं । मुलुकका विभिन्न जिल्लाबाट राजधानी आएका र विदेशबाट फर्केर काठमाडौंमा बसेका विभिन्न ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १ जेठमा काठमाडौं दहचोकका ७ वर्षिय बालकमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । त्यस्तै गरि १ जेठमा नै त्रिवि शिक्षण अस्पतालमा उपचाररत ११ वर्षिया कपिलवस्तुकी बालिकामा पनि कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ । उनी बैशाख ३० गते घाँटीको समस्या लिएर आएकी थिइन । १ जेठमा काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुष पनि संक्रमित भएको पुष्टी भएको थियो । गत २९ बैशाखमा सुनसरि झुम्काबाट भक्तपुर आएकी युवतीमा पनि बैशाख ३१ गते कोरोना संक्रमणको पुष्टी भएको थियो । ३१ बैशाखमा नै भक्तपुर, चाँगुनारायण नगरपालिका—१स्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत सशस्त्र प्रहरीमा पनि कोरोना भाइरसको पुष्टी भएको थियो ।
काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको थियो । उनीहरु बेलायतबाट स्वदेश फर्केका थिए । ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज भएका थिए ।
फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको थियो । । ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज भएकी थिइन । त्यस अघि पुसको अन्तिम साता संक्रमणको पुष्टी भएका पहिलो नेपाली युवा माघ २ गते डिस्चार्ज भएका थिए । ३२ वर्षीय युवकको स्वाब टेष्टका लागि हङकङको प्रयोगशाला पठाइएको थियो ।
काठमाडौंमा को को भेटिए, संक्रमित ?
काठमाडौंमा को को भेटिए, संक्रमित ?
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

