काठमाडौँ, ‘इन्फर्टिलिटी स्पेसलिस्ट’ डा.आकृति भारतीले महिलाले २० वर्षको उमेरमा ‘एग फ्रिज’ गरेको छ भने ४५ वर्षसम्म बच्चा जन्माउन सक्ने बताइन् ।
कान्तिपुर पब्लिकेसन्स लिमिटेडले बिहीबार आयोजना गरेको ‘निर्भीक नारी’ को दोस्रो सत्र ‘मातृत्व मन्थन’को छलफलमा वात्सल्य आईभीएफकी डा. भारतीले
यस प्रक्रियाबारे प्रस्ट पार्दै उनले भनिन्, ‘उक्त एगलाई आफ्नो पार्टनरको विर्यसँग आईभीएफको माध्यमबाट निषेचन गरी गर्भधारण गर्न सक्छिन् । यसरी एग फ्रिज गरेर बच्चा जन्माउँदा उनले २० वर्षको उमेरमै जस्तो बच्चा जन्माउँछिन् ।’ उक्त बच्चा स्वस्थ हुने पनि डा. भारती बताउँछिन् ।
डा. भारतीले पछिल्लो समय कृत्रिम गर्भाधानबारे सचेतना फैलँदै गएको बताएकी छिन् ।पछिल्लो समय दुर्गम क्षेत्रबाट आईभीएफका लागि आउने बताइन् ।जुम्ला रोल्पा जस्ता दुर्गम ठाउँबाट आईभीएफ गर्न आउनुहुन्छ । एकदमै खुसी लााग्छ । काठमाडौं जस्ता सहरहरूमा भने अझै महिलालाई बच्चा नपाउँदा हेर्ने दृष्टिकोण फरक पाउँछु । बच्चा नभए दोस्रो विवाह गरिदिने पारिवारिक दबाब अझै छ,’ उनले भनिन् ।
कतिपय महिलाहरू करियर, पढाइ, आर्थिक कारण, स्वास्थ्यको कारण वा बच्चा जन्माउन तयार हुँदैनन् । त्यस्ता महिलाहरूका लागि ‘एग फ्रिज’ गर्नु उपयुक्त हुने उनको भनाइ छ । क्यान्सरजस्ता रोगहरूको उपचारका लागि किमोथेरापी गर्नुअघि एगलाई फ्रिज गर्न सकिने पनि उनले बताइन् । किमोथेरापीको कारण महिलाको अण्ड र पुरुषको विर्यको संख्या र गुणस्तरमा प्रभाव पर्ने भएकाले पनि आईभीएफ प्रविधि प्रभावकारी हुने उनको भनाइ छ ।

