उपभोग्य वस्तुको पैठारी गर्दा उक्त वस्तुको उपभोग अवधि भन्सार विन्दुमा आइपुग्दा कम्तीमा पनि ७५ प्रतिशत बाँकी रहेको हुनु पर्ने छ ।
ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादिको अवशेष परीक्षण अनिवार्यरुपमा गरेर मात्र गर्नु पर्ने छ ।
००००
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट २०७६ असार ३ गते नेपाल राजपत्रमा प्रकाशित सूचना हो, यो । सरकारले विना आधार र कारण यो निर्णय फिर्ता लिंदा उपभोक्ताको बाँच्न पाउने हकको हनन भएको उपभोक्ताकर्मी बताउँछन् ।
उपभोक्ता हित संरक्षण मञ्चका बरिष्ठ अधिवक्ता ज्योति बानियाँ भन्छन, ‘विषादी परीक्षण नगरि फलफूल तथा तरकारी पैठारी गर्न अनुमति दिनु वा स्वदेशको कृषि उत्पादनमा विषादी परीक्षण र अनुगमन नगरि बजारमा विक्रि वितरण हुने कार्यले व्यक्तिको बाँच्न पाउने हकमा नै प्रतिकूल असर पुग्न जाने अपस्था देखियो ।’
किन भयो निर्णय स्थगन ?
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम ताजा तरकारी र फलफूल पैठारी गर्दा जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्नु पर्ने व्यवस्था गर्न सूचना जारी गरिएको उल्लेख गरेको छ ।
तर, उक्त सुचनाको कार्यान्वयनकोलागि नेपालमा विषादी परीक्षणको प्रमाणपत्र जारी गर्ने पूर्वाधार पूर्णरुपमा तयार नभएकोले केही समयकोलागि उक्त निर्णय कार्यान्वयन गर्न स्थगित गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । ‘ सधैकोलागि परीक्षण गर्नु नपर्ने निर्णय गरिएको होइन । यस सम्बन्धी सम्पूर्ण पूर्वाधार तयार भए पछि सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण गरेर मात्र उक्त वस्तु पैठारी गर्ने व्यवस्था मिलाइने छ,’ मन्त्रालय स्रोतले भन्यो ।
रिटमा सर्वोच्चको आदेश
उपभोक्ता हित संरक्षण मञ्च नेपालका अधिवक्ता विष्णु तिमिल्सिनाले रिट दायर गरेका थिए ।
न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले ( २०८० बैशाख ३ गते ) ठोस कार्ययोजना सहित कार्यक्रम निर्माण गरि कार्यान्वयन गर्दै जान आवश्यक रहेको निष्कर्ष निकालेको थियो ।‘ मौलिक हकको कार्यान्वयनकोलागि अतिरिक्त स्रोत साधन आवश्यक पर्ने तथ्यलाई अनदेखा गर्न मिल्दैन । तर, स्रोत साधनको आवश्यक पर्ने नाममा संविधान र कानुनले प्रत्याभूत गरेका हक, अधिकारको कार्यान्वयनको विषयप्रति उदासिन हुन मिल्दैन । संविधानले तोकेको दायित्वको परिपालनाबाट राज्यका कुनै पनि अंगहरु विमुख हुन सक्दैनन । ’ आदेशमा भनिएको छ,‘ नेपालमा पैठारी हुने तरकारी र ताजा फलफूलको विषादीको अवशेष परीक्षण गरेर मात्र नेपाल भित्र्याइने भनि गरिएको निर्णय के कति अवधिमा पूर्णरुपमा कार्यान्वयन हुने हो ? नेपाली कृषकहरुले प्रयोग गर्ने विषादीको सीमा निर्धारण गरि सोको कार्यान्वयन के कसरी भइरहेको छ ? विषादीको प्रयोगलाई व्यवस्थित प्रयोग गर्ने सम्बन्धी राष्टिय तथा अन्तर्राष्टिय कानुन एवं मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न के कस्तो योजना बनेको छ ? कुनै योजना बनेको भए सो कार्यन्वयनकोलागि के कस्तो तयारी भएको छ ? योजना नबनेको भए आम उपभोक्ताले विषादी परीक्षण नगरि पैठारी गरिएका र अनियन्त्रित मात्रामा विषादी प्रयोग गरिएका तरकारी र फलफूल खान बाध्य हुनु पर्ने अवस्थाको अवस्थाको अन्त्य गरि जनस्वास्थ्य र वातावरणमा गुणात्मक सुधार ल्याउन गर्नु पर्ने निर्णय तथा क्रियाकलापको सूचि सहित सम्बन्धित जिम्मेवार अधिकारी समेत तोकी स्पष्टरुपमा कार्यान्वयन योग्य कार्ययोजना बनाई यो आदेश प्राप्त भएको मितिले दुई महिनाभित्र सरोकारवालासँग समेत आवश्यक समन्वय गरि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिवबाट प्रतिवेदन लिनु भनि निरन्तर परमादेशको आदेश जारी गरिएको छ ।’
. भन्सार विन्दुहरुमा प्रयोगशाला स्थापना गर्ने विषय
.त्यसरी स्थापित प्रयोगशालामा सबै किसिमको विषाद परीक्षण हुन सक्ने अन्तर्राष्टियस्तरको आधुनिक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउने विषय । देश भित्र उत्पादन हुने तरकारि तथा फलफूलमा प्रयोग हुने विषादीको सीमा निर्धारण र प्रयोग सम्बन्धि कार्यविधि तथा मापदण्ड (प्रोटोकल) तय गर्ने विषय ।

