काठमाडौं । पहिलो पटक देश भरिका ७४ कारागार कार्यालयमा रहेका कैदी बन्दीहरुको स्वास्थ्य अवस्था र तहाँ कार्यरत स्वास्थ्यकर्मी सहितको केन्द्रिय कारागार अःपतालको बार्षिक प्रगति प्रतिवेदन–२०८० सार्वजनिक भएको छ । केन्द्रीय कारागार अस्पतालको सभाहलमा आयोजित सार्वजनिकरण कार्यक्रममा प्रम«ख अतिथी गृह सचिव दिनेश भट्टराई र स्वास्थ्य सचिब डा रोशन पोख्रेलले उक्त प्रतिवेदन सार्वजनिक गरे ।
कार्यक्रममा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेटडा.प्रकाश बुढाथोकीले अस्पतालको संक्षिप्त जानकारी तथा कार्यालयको प्रगति प्रतिवेदन बारेमा जानकारी दिए । बर्षभर करिब ३५ हजार बैदीबन्दीलाई बहिरंग तथा १ हजार बढीलाई अन्तरंग सेवा प्रदान गरिएको बताउदै अस्पतालको अझै गुणस्तरिय सेवा विस्तारमा भौतिक पुर्वाधार बाधक रहेको बताए । थप शैया र बिशिष्टिकृत सेवा बिस्तार गर्न नसकेकै कारण गत आ.त्र मा ६ हजार धेरै बिरामी कैदीबन्दीलाई २३ वटा अस्पतालसंग संझौता गरी सेवा र उपचार गर्न परिरहेको बताए ।
कैदीबन्दीमा हाइपरटेन्सनको समस्या बढी रहेको पाइएको छ । केन्द्रीय कारागार अस्पतालले सोमबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै धेरैजसो कैदीबन्दीमा हाइपरटेन्सनको समस्या बढी रहेको जनाएको छ ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश बुढाथोकीले कार्यक्रममा बोल्दै आर्थिक वर्ष २०७९–८० मा ६.८२ प्रतिशतमा हाइपरटेन्सन, ४.६२ प्रतिशतमा मानसिक रोग, ३.५२ प्रतिशतमा मधुमेह, ३.३८ प्रतिशतमा फंगल इन्फेक्सन, ३.२८ प्रतिशतमा ग्याष्ट्रिक, १.०३ प्रतिशतमा न्युरोको समस्या देखिनुक साथै छाला, दमको रोग तथा पाइल्सका समस्या रहेको बताए । अस्पतालको तथ्यांक अनुसार एक वर्षमा ३४ हजार ३२५ जना कैदीबन्दीले ओपीडी सेवा लिएका छन् भने ६ हजार ७३३ जनालाई विशिष्टकृत सेवाका लागि अन्यत्र रिफर गरिएको थियो ।
डा. बुढाथोकीले आगामी दिनमा अस्पतालको ५० शय्या पुर्याउने लक्ष्य लिए पनि भौतिक पूर्वाधार विस्तारमा समस्या रहेको बताए । साथै कैदीबन्दीको लागि उपचारात्मक तथा प्रबर्द्धनात्मक कार्यक्रमहरु अझै गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरलेलले अस्पताल पछिल्लो समय सुदृढी भएको देखिँदै गएको बताए । उनले भने, ‘राज्यले लगानी नगरेको होइन तर उचित प्रतिफल आउन सेकेको छैन । कैदीबन्दीलाई स्वास्थ्य बिमा लागू गर्न सके राज्यलाई दोहोरो खर्च हुँदैन ।’ कैदीबन्दीको उपचार गर्ने यो नै नेपालको एकमात्र अस्पताल हो । वि.सं. १९७१ मा केन्द्रीय कारागार जगन्नाथदेवलमा स्थापना भएको यस अस्पतालमा उपचार सेवा भने २०२० सालदेखि सुरु गरिएको हो । त्यसैगरी २०६८ सालदेखि १५ शय्याबाट सेवा प्रदान गर्दै आएकोमा हाल ३० वटा शय्यामा अस्पताल सञ्चालित छ । कारागार व्यवस्थापन विभागका अनुसार हाल करिब २८ हजार कैदीबन्दी रहेका छन् ।
केन्द्रीय कारागार अस्पतालको बार्षिक प्रतिवेदन–२०८० सार्वजनिक
केन्द्रीय कारागार अस्पतालको बार्षिक प्रतिवेदन–२०८० सार्वजनिक
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

