उठ्नेबित्तिकै एक गिलास मनतातो पानी पिउनुपर्छ । यसपछि फलफूल, ओट्स, चिउरा, दूध खाँदा पनि हुन्छ । कतिपयको चिया र बिस्कुट खाने बानी हुन्छ । बिस्कुटले स्वास्थ्यका लागि फाइदा गर्दैन । घरमै बनाएको रोटी र चिया खान सक्नुहुन्छ । सकेसम्म चिनी नखाँदै राम्रो हुन्छ ।
ओखर, काजु, पिस्ता, बदाम, किसमिसजस्ता ड्राई फुड खाँदा पनि हुन्छ । यस्ता ड्राई फुडमा प्रोटिनको मात्रा धेरै हुन्छ, जुन शरीरका लागि अत्यावश्यक हुन्छ । सिजनल फलफूल खाँदा झन् राम्रो हुन्छ ।
ब्रेकफास्ट
ब्रेकफास्ट गर्दा तीन–चार सयसम्मको क्यालोरीयुक्त खाना खानुपर्छ । जसले कार्बाेहाइड्रेट र प्रोटिनलाई सन्तुलनमा राख्न सकोस् । कार्बाेहाइड्रेट मात्रै हुनु भएन । कतिपयको बिहानको समय रोटी र तरकारी खाने बानी हुन्छ । यतिले मात्रै मांसपेशीका लागि आवश्यक पर्ने प्रोटिनको मात्रा पुग्दैन । खाजा वा खानामा प्रोटिन र कार्बोहाइड्रेटको सन्तुलन मिलाउनुपर्छ । जस्तै– दाल, गेडागुडी, दूध, अन्डा, माछा, मासु मात्रा मिलाएर खानुपर्छ ।

