काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि ११ न्यायाधीशको नाम सिफारिस गरेको छ
। परिषद्ले मंगलबार राति ( २०७२ फागुन १८ गते ) गरेको निर्णय अनुसार कानुन व्यवसायीबाट ४ र पुनरावेदनतहका मुख्य न्यायाधीशबाट ७ जना सिफारिस भएको हो ।
सफारिसको रोलक्रमअनुसार पुनरावेदन अदालत बागलुङका मुख्य न्यायाधीश दीपक कार्की पहिलो नम्बरमा छन् त्यस्तै केदार चालिसे
, शारदा घिमिर, मीरा खड्का क्रमशः दोस्रो, तेस्रो र चौथो वरयतामा छानिएका छन्। चालिसे पुनरावेदनविराटनगर, घिमिर बुटवल र खड्का
इलामकी मुख्य न्यायाधीश हुन्। उमेरहदका कारण उनीहरू चारै जनाले प्रधानन्यायाधीश नभइकनैअवकाश पाउने छन्
। कार्की २०१४, चालिसे २०११, घिमिर २०१० र खड्का २०१३ मा जन्मिएका हुन् न्यायाधीशहरूको क्रमलाई भंग गर्दै पा“चौ वरीयताक्रममा भने
महान्यायाधिवक्ता हरिकृष्ण कार्की ेका छन् । उनले मंगलबार राति नै शीतल निवासमा राजीनामा बुझाएपछि परिषद् बैठकले नाम टुंगो लगाएको हो।
कार्की हाल सर्वाेच्चमा कार्यरत न्यायाधीश चोलेन्द्रशमशे र राणा प्रधानन्यायाधीशबाट अवकाश पाएको दिन न्यायालयको सर्वाेच्च पदमाआसीन हुने छन्
। राणाको जन्म २०१४ मंसिर २८ भएकाले ६५ वर्षे उमेर हदका कारण २०७९ मंसिर २८ मा उनले अवकाश पाउने छन् । २०१५ भदौ २५ मा जन्मिएका कार्की त्यसपछि २०८० भदौ २५ सम्म प्रधानन्यायाधीश हुने छन्
। सिफारिसअनुसार त्यसपछिको प्रधानन्यायाधीश पुनरावेदन अदालत खतिवडाको २०१५ फागुन २५ र भट्टराईको २०१६ असार १ मा जन्म भएको
हो । खतिवडा हरिकृष्ण कार्कीको पालामा सेवा निवृत्त हुनेछन् भने भट्टराईले विश्वम्भर श्रेष्ठका पालामा अवकाश पाउनेछन् ।
नवौ वरयताका वरिष्ठ अधिवक्ता अनिल सिन्हा सिफारिसमा परका चार कानुन व्यवसायीमध्ये प्रधानन्यायाधीश हुन नपाउन एक मात्र उम्मेदवार हुन्
। उनी २०१५ कात्तिक १५ गते जन्मिएका हुन् र कार्कीकै पालामा पदमुक्त हुने छन् । कार्की र सिन्हाबीच को प्रधानन्यायाधीश हुने भन्ने रस्साकस्सी लामो समय चलेको थियो । स्रोतका अनुसार दुवैले आफू परधानन्यायाधीश हुन पाउने भए मात्र सिफारिसमा सहमत हुने अडान राखेकाले केही साता सिफारिस रोकिएको हो। दसौं वरीयतामा परका वरिष्ठ अधिवक्ता प्रकाश राउत पनि प्रधानन्यायाधीश हुने गरी लगिएका छन्। उनको जन्म २०१७ चै त१८ गते भएको हो र उनी २०८१असोज २१ देखि २०८२ चैत १८ सम्म प्रधानन्यायाधीश हुनेछन् ।
एघाौ वरीयताकी वरिष्ठ अधिवक्ता सपना मल्ल प्रधान भने सिफारिसमा पनेर्मध्ये सबभन्दा धेरै समय प्रधानन्यायाधीश हुने भएकी छन् ।२०२० कात्तिक २८ गते जन्मिएकी उनी २०८२ चैत १९ देखि २०८५ कात्तिक २८ सम्म पौने तीन वर्ष प्रधानन्यायाधीश हुने छिन्
।
सर्वाे च्चमा हाल १० न्यायाधीश छन् । संविधानअनुसार २१ न्यायाधीशको दर बन्दी छ ।
को को हुँदैछन, ०८२ सम्म प्रधान न्यायाधीश ?
को को हुँदैछन, ०८२ सम्म प्रधान न्यायाधीश ?
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

