काठमाडौं, ४ पुसकाठमाडौं, टोखा नगरपालिका-४ सेल्सबेरीमा बा.१२ च १६१ नम्बरको कारको ठक्करबाट पैदलयात्री टोखा नगरपालिका-४ बस्ने ७३ वर्षीय गोपाल गुरुङको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।बारा, निजगढ नगरपालिका-१ स्थित सडकमा प्र.२-०३-००१ ख ४२२९ नम्बरको ट्रकमा प्र.२-०३-००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका-३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी समेत २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई जिल्ला अस्पताल कलैया हुँदै थप उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगंज पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको
छ ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ मछलिपुल नजिक सडकमा सु.प.प्र.०१००८ प ५५८७ नम्बरको मोटरसाइकल, म.१ प ६१८९ नम्बरको स्कुटर र से.२ त ८२० नम्बरको ट्याक्टर एक-आपसमा ठोकिएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका अन्य ५ जनाको निमेष अस्पताल गुलरियामा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, मेची नगरपालिका-१३ चारआली बजारमा ना.८ ख ३३३६ नम्बरको ट्रकले मे.७ प १७२७ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार २३ वर्षीया उषा राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहर नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, माँयादेवी गाउँपालिका-५ अड्कोनियास्थित सडकमा यूपी ५५ आर ८५३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक माँयादेवी गाउँपालिका-५ महादेव स्थान बस्ने ३० वर्षीय लवकुश यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

