काठमाडौं – कोभिड–१९ संक्रमितका लागि उपयोगी हुने रेम्डेसिभिरको उत्पादन नेपालमै हुने भएको छ । औषधी व्यवस्था विभागले नेपाली औषधी उद्योग ‘नेशनल हेल्थकेयर’लाई उत्पादन अनुमति दिएको छ । कम्पनीद्वारा जारी विज्ञप्ती अनुसार गत बैशाख ३१ गते उत्पादन र गत आईतबार बजार इजाजत समेत पाएको जनाएको छ । ‘नेहनल हेल्थकेयरद्वारा उत्पादित रेम्डेसिभिर को ब्रान्ड नेम रेम्सीभिर रहेको र प्रति भायल को अधिकतम खुद्रा मुल्य (एमआरपि) ३५ सय रहेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ । रेम्सीभिर नेपालभरिका आफ्ना वितरकहरूमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ । रेम्डेसिभिरलाई अमेरिकाको खाद्य तथा औषधी नियामक निकाय (एफडीए) ले कोराना संक्रमितको उपचारमा आपतिकालिन प्रयोग अनुमति दिईसकेको छ ।
रेम्डेसिभिर नेपालमै उत्पादन हुने
रेम्डेसिभिर नेपालमै उत्पादन हुने
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

