काठमाडौं – नेपाल नेत्र ज्योति संघले विभिन्न स्थानीय तहमा ५ सय ९९ वटा एकीकृत आँखा उपचार केन्द्र खोल्ने भएको छ । हाल देशभरका १ सय ५४ स्थानीय तहमा संघका आँखा उपचार केन्द्र छन् । जिल्ला सदरमुकामका उपचार केन्द्रलाई पाँच वर्षभित्र मध्यमस्तरको अस्पतालका रूपमा विकास गर्ने योजनामा समेत काम भइरहेको संघले जनाएको छ ।

