काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोपमा भएको बताएका छन्। ‘सरकारको पहिलो प्राथमिकता खोप हो। दोस्रो प्राथमिकता पनि खोप र तेस्रो प्राथमिकता खोप नै हो’, प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, ‘अहिलेलाई विकासभन्दा पनि नागरिकको जीवनरक्षा महत्वपूर्ण हो।’

