स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर पनि नेपाल आउन सक्ने जनाएको छ ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न आग्रह गरेका छन् ।

