काठमाडौं : नेपालमा भेटिएको कोरोना भाइरसको युके र भारतीय भेरियन्ट भन्दा फरक खालको कोरोना भाइरसको प्रकार भेटिएको छ । भारतीय तथा यूके भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने जनाइएको छ । कोरोनाको ठिमाह भाइरस भियतनाममा पाइएको छ ।
भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई ‘निकै खतरनाक’ बताएका छन्। भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरिअन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउँछन्।
रोयटर्स समाचार संस्थाले स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई लेखेको छ, भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरियन्टको मिश्रित गुणहरू सहितको नयाँ कोरोनाको भेरियन्ट देखेको छ।
भारतमा देखा परेको बी.१.६१७.२ भेरियन्ट यूके भेरियन्ट ९बी.१.१.७० भन्दा निकै सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन्। अनलाइन पत्रिका भीएनएक्सप्रेसका अनुसार हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरिअन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताएका थिए।
उनले नयाँ ठिमाहा भेरियन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए।

