काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट डाक्टरकै ज्यान गएको छ । बरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ प्राध्यापक डा. आईएल( ईश्वरलाल) आचार्यको आइतबार निधन भएको छ ।
ललितपुरस्थित स्टार अस्पतालमा उपचाररत डा. आचार्यको आइतबार विहान तीन बजे निधन भएको हो । अस्पतालका डाइरेक्टर डा. शैल रुपाखेतीका अनुसार, भेन्टिलेटरमा उपचाररत रहेकै अवस्थामा डा. आचार्यको निधन भएको थियो ।
संक्रमणको जटिलता पछि डा. आचार्य बैशाख १८ गते अस्पताल भर्ना भएका थिए । शुक्रवार एक्कासी स्वास्थ्य अवस्था नाजुक भएपछि उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।
यसैबीच नेपाल चिकित्सक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै लगनशील एवं प्रतिष्ठित विशेषज्ञ गुमाउनु परेकोमा मर्माहत भएको र अपूरणीय क्षति भएको जनाएको छ । संघका महासचिव डा. बद्री रिजालद्धारा जारी विज्ञप्तिमा नेपालको चिकित्सा शिक्षा स्वास्थ्य सेवामा पुरयाएको अतुलनीय योगदान सबैको मानसपटलमा सदा सर्वदा स्मरणयोग्य रहने जनाएको छ । डा. आचार्य चिकित्सक संघका बरिष्ठ आजिवन सदस्य हुन् ।
कोरोनाबाट डाक्टरकै ज्यान गयो
कोरोनाबाट डाक्टरकै ज्यान गयो
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

