काठमाडौं । २४ चैतमा प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भने,‘ तत्काल लक डाउन (बन्दाबन्दी) गर्ने कुनै योजना छैन ।’
जेठको अन्तिम र असारमा उच्चतम विन्दूमा पुग्ने प्रक्षेपण मन्त्री त्रिपाठीले सुनाउँदा सांसदहरुले पत्याएनन । ‘तपाईं ज्योतिष नबन्नुस न ।’ कतिपयले मन्त्री त्रिपाठीलाई सुझाव दिए ।
यसबीचमा सबै पक्षबाट लापरवाही भयो । नयाँ वर्षमा युवाहरु मनाए । मण्डलामा जुलुस प्रर्शन भए । नेपाल भारत सीमामा उल्लेख केहि प्रतिशत संक्रमित नेपाली भित्रिए । मन्त्री त्रिपाठीकै शब्दमा हरिद्धारको कुम्भ मेलामा झण्डै तीन लाख नेपाली गएका थिए । जसमध्ये ७५ प्रतिशतले संक्रमण लिएर फर्किएको मन्त्री त्रिपाठीको दावी छ ।
बैशाख ६ गते सरकारले संघिय, प्रदेश र स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, समुदाय र व्यक्तिगत पालन गर्नु पर्ने मापदण्ड जारी गरियो । तर, त्यो आदेशको पालनामा हेलचेक्र्याई भयो ।बैशाखको पहिलो सातादेखि संक्रमण समुदाय तहमा पुग्न शुरु भयो ।
तीन तहका स्वास्थ्य संस्था
मुलुकमा तीन तहका स्वास्थ्य संरचनाहरु रहेका छन् । जसमध्ये केन्द्रमा रहेका संरचनाहरु प्रतिष्ठान एवं विकास समितिबाट सञ्चालित छन् । प्रदेशबाट २५ देखि २०० बेड क्षमताका अस्पताल सञ्चालित छन् । १५ शैयासम्म स्थानीय पालिकाहरुले व्यवस्थापन गरिरहेको अवस्था छ ।
समायोजन गर्दा जनशक्ति तर्फ २२ सय कर्मचारी संघ अन्तर्गत छन् । ३५ शय प्रदेश प्रदेश अन्तर्गत छन् । २६ हजार कर्मचारी स्थानीय तह अन्तर्गत छन् । ‘ एकिकृत स्वास्थ्य प्रणालीमा मात्र हामी कोरोना विरुद्धको महामारी विरुद्ध लड्न सक्छौं । खुलेर भन्नु पर्दा प्रदेश सरकारहरु हल्लिए । सरकारको फेरबदलका कारण प्रदेश सरकारले उपचारमा ध्यान दिन सकेनन । स्थानीय तहमा संरचना अलि अलि छ । कर्मचारी प्रसस्त छन् । तर, समस्यालाई कसरु िव्यवस्थापन गर्ने भन्ने अनुभवको कमी रह्यो ।’ मन्त्री त्रिपाठीले प्राइम टेलिभिजनको अन्तर्वार्तामा भने । केन्द्रीकृत भन्दा एकिकृत स्वास्थ्य प्रणालीको आवश्यकता रहेको मन्त्री त्रिपाठीको भनाई छ ।

