काठमाडौं ।रुसले कोभिड१९ विरुद्ध खोप अभियान सुरु गरेको छ। राजधानी मस्कोका क्लिनिकहरूमा कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई खोप दिइन थालेको छ।
त्यहाँ गत अगस्ट महिनामा दर्ता भएको स्वदेशमै निर्मित स्पुत्निक ५ खोपको प्रयोग भइरहेको छ।
खोप विकासमा संलग्न अधिकारीहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको र यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन्। तर उक्त खोपको अझै सामूहिक परीक्षण भइरहेको छ।
दुई पटक लगाउनुपर्ने खोप लिन हजारौँ सर्वसाधारणहरूले आफ्नो नाम दर्ता भएका छन्। तर रुसको उत्पादन क्षमता के कति छ भन्ने विषय भने स्पष्ट छैन।

