काठमाडौं । फोक्सोमा पानी जमेका कारण स्वासप्रश्वासमा समस्या भएर अस्पतताल भर्ना भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।
श्वासप्रस्वासमा समस्या भएपछि पूर्व प्रधानमन्त्री खनाल बिहीबार काठमाडौं धुम्बाराहिस्थत ह्याम्स अस्पतालमा असोज २८ गते भर्ना भएका थिए ।
अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले शरीरमा पानीको मात्रा बढी हुनुको साथै दुवै फोक्सोमा पानी जमेका कारणले स्वासप्रश्वासमा समस्या भएको जानकारी दिए । उनले भने,‘उहाँको स्वास्थ्यस्थिति सुधारोन्मुख छ । यहिं गतिमा प्रगति भइरहे केहि दिनमा नै अस्पतालबाट डिस्चार्ज गरिने छ ।’
आकस्मिक कक्षमा उपचार पछि हाल पूर्व प्रधानमन्त्री खनालको अस्पतालको क्याबिन नं ९०७ मा भर्ना गरि उपचार शुरु गरिएको छ । उनको उपचारमा बरिष्ठ छाति रोग विशेषज्ञ प्राडा अर्जुन कार्की , डा. रक्षा पाण्डे, डा. राजु पँगेनीको टोली र अन्य आवश्यक विशेषज्ञबाट पनि उपचार भइरहेको छ ।
पूर्व प्रधानमन्त्री खनालको फोक्सोमा समस्या
पूर्व प्रधानमन्त्री खनालको फोक्सोमा समस्या
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

