काठमाडौं । मुलुकभर एकैदिन ९ सय ३७ महिला सहित २ हजार ४ सय ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, सोमबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल मुलुकमा सक्रिय संक्रमितको संख्या २३ हजार ५सय ७ पुगेको छ । होम आइसोलेसनमा १२ हजार ३ सय १६ र संस्थागत आइसोलेसनमा ११ हजार १ सय ९१ रहेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ९ हजार २ सय ६३ पुगेको छ ।
पछिल्लो चौबिस घण्टामा १ हजार १ सय ३३ जना संक्रमित डिस्चार्ज भएका छन् । निको हुनेको संख्या ६५ हजार २सय २ पुगेको छ । संक्रमणबाट निको हुनेहरु ७३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।
कोरोना संक्रमणबाट सोमबार पाँच जना महिला सहित १९ जनाको ज्यान गएको छ । हालसम्म कोरोना संक्रमणबाट ५ सय ५४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार पीसीआर संख्या १३ हजार ७ सय ८१ छ । यससँगै हालसम्मको पीसीआर संख्या १० लाख ८८ हजार २ सय २९ पुगेको छ ।
त्यस्तै क्वारेन्टिनमा ४हजार ३३ जना रहेका छन् । आईसीयूमा २४४ जनाको उपचार भइरहेको छ । भेन्टिलेटरमा ४३ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एकैदिन २४ सय ४० संक्रमित थपिए
एकैदिन २४ सय ४० संक्रमित थपिए
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

