काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई शनिवार विहान अवस्थ भए पछि अस्पताल भर्ना गरिएको छ । ८१ वर्षिय पौडेलको अवस्थामा सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
राष्ट्रपति पौडेललाई शनिवार विहान ९ बजेतिर अकस्मात वान्ता भएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । वान्ता भए पछि नीजि चिकित्सक डा. निरज बमले शितल निवासमै राष्ट्रपति पौडेलको स्वास्थ्य जाँच गरेका थिए । राष्ट्रपति निवासमै जाँच गरेको झण्डै दुई घण्टा पछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुर्याइएको थियो । अस्पताल भर्ना भएको तीन घण्टा पछि सेन्टरका कार्यकारी निर्देशक प्राडा प्राडा रत्नमणि गजुरेलले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य परीक्षण भइरहेको र अवस्थामा सामान्य भएको जनाएका थिए ।
राष्ट्रपति पौडेल अकस्मात अस्वस्थ भए पछि पूर्वनिर्धारत कार्यक्रम सबै स्थगित भएको स्रोतले जनाएको छ । राष्ट्रपति पौडेलले जेनजी उमेरका नवयुवाहरुसँग शनिवार विहान छलफल गर्ने कार्यक्रम पनि स्थगित भएको थियो ।

