प्रकाशमानसिंह राउत
न्यायपालिकाभित्र पारदर्शिता र जवाफदेहीता मेरो प्रतिवद्धता हो । तदारुकताका साथ न्याय प्रदान गर्ने विषय मेरो प्राथमिकतामा छ । न्यायपालिकामा हुने सबै कामको जिम्मा मैले लिन्छ र त्यहाँबाट सुधारको प्रक्रिया अघि बढाउछु । जस्तोसुकै प्रतिकुल परिस्थितीमा पनि न्यायिक सुधारको अभियान रोकिदैन ।
जनताको विश्वासको भरमा टिक्ने न्यायपालिकालाई मैले लयमा फर्काउने कोसिस गर्नेछु । समग्रमा देश, जनता र संविधानप्रति इमान्दारपूर्वक काम गर्नेछु । नागरिक र प्रेसको अभिव्यक्ति स्वतन्त्रताको साथमा छु ।
सर्वोच्च अदालतमै चारजना न्यायाधीश रिक्त रहेको छ । न्यायाधीशबिना न्यायपालिका चल्न नसक्ने भएकाले त्यो विषय प्राथमिकतामा परेको छ । न्यायपरिषदमा रहेका पाँच जना सदस्यहरुको सर्वसम्मतिका आधारमा निर्णय गर्ने प्रयास भइरहेको र त्यसले गर्दा समय लागेको हो । बार र बेञ्चमा रहेकाहरुमध्ये ट्रयाक रेकर्डमा अब्बल भएकाहरुले अवसर पाउने छन् । ‘न्यायपालिकामा भागबण्डा भन्ने नै हुँदैन, त्यसको जिम्मेवारी म लिन्छु ।
(न्यायिक मामिलाबारे रिपोर्टिङ गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुसँगको सोमबारको कुराकानीमा आधारित )

