काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा आइतबार बिदा दिने वा नदिने भन्ने विषयमा बिहीबार सरोकारवालाहरुसँग छलफल गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै ठूला अस्पतालका निर्देशक, स्वास्थ्यमा क्रियाशील ट्रेड यूनियन र पेशागत संघ,संगठनको समितिलाई पत्राचार गर्दे छलफलका लागि डाकेको छ ।
सरकारले मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णयानुसार जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदाको निर्णय गरेको छ । आइतबारका दिन अस्पतालका बहिरंग(ओपीडी) सेवा बन्द गर्ने वा खोल्ने भन्ने विषयमा अझै छलफल हुन सकेको छैन ।

