अधिकांश स्टोरी रिपोर्टरका आफ्ना रुचिका क्षेत्रका हुन्छन् । प्रकाशित भइसकेका स्टोरीमा उठाइएका प्रश्न अथवा भइरहेका घटनाबाट स्टोरी उब्जन्छन् । कतै पढेका कुनै सामग्री व्यक्तिगत अनुभव अथवा कसैसँगको कुराकानी अथवा कसैले गरेका कुनै टिप्पणीले कुनै स्टोरी गर्न प्रेरित गर्छन् । यहाँ के कुरा सम्झनु जरूरी छ भने सधैंभरि लगातार राम्रा स्टोरीका आइडिया निकाल्न सजिलो हुँदैन । पत्रकारका लागि यो सबै भन्दा कठिन काम पनि हुनसक्छ ।
पहिलो, सपनाः उदीयमान खोज पत्रकार शुरू-शुरूमा प्रायशः अँध्यारा गल्लीमा कसैले गोप्य डकुमेन्ट आफूलाई दिएको, त्यसका आधारमा पत्रिकाको पहिलो पेजमा आफ्नो बाइलाइनमा स्टोरी छापिएको, त्यस स्टोरीको खूब तारिफ भएको आफू पत्रकारितामा स्थापित भएको र पुरस्कार पाएको सपना देख्छन् । कहिलेकाही यस्तै हुन पनि सक्छ । वाटरगेट काण्डसम्बन्धी स्टोरी अज्ञात व्यक्तिले दिएको सुराकका आधारमा तयार भयो जसका कारणले राष्ट्रपति रिचार्ड निक्सनले राजीनामा दिनुपन्यो । तर राजनीतिक भ्रष्टाचारका विषयमा अज्ञात व्यक्तिले फोन गर्ने वा अति गोप्य कागजात दिने घटना आक्कलझुक्कल मात्र हुन्छन् । यसो भएका खण्डमा पनि तिनको जाँच एकदमै राम्रोसँग गर्नुपर्छ । पत्रकारितामा वाटरगेट स्टोरीबारेमा बारम्बार चर्चा गरिनुको कारण यो चर्चित भएर मात्र होइन रिपोर्टरले यो स्टोरी गर्न उत्साहित र प्रतिबद्ध भएर जुन काम गरे त्यसले गर्दा पनि हो । यो सबैभन्दा उच्च तहमा गरिएको राजनीतिक भ्रष्टाचार सम्बन्धी गज्जबको स्टोरी पनि हो ।
दोस्रो, पत्रकार सधैंभरि ड्यूटीमा हुन्छन् । उनीहरूले आँखा सधैँभरि खुला राख्नुपर्छ र बाटो हिंड्दा आफूले जे जे देखेको हुन्छ ती सबै कुरा याद गर्नुपर्छ । मानिसहरू विभिन्न सेवा लिन लामो लाइन लागेको अस्पतालमा बिरामीमाथि दुर्व्यवहार भएको आदि कुरा ख्याल गरिराख्नुपर्छ । झट्ट हेर्दा देखिएभन्दा बढी स्टोरी आइडिया पाइन सक्छन् जसका बारेमा थप खोज र अनुसन्धान गर्नुपर्ने हुन्छ । आफ्नो नोटबूकको एउटा खण्डमा आफूले देखेका अथवा आफ्नो दिमागमा आएका स्टोरी आइडिया टिप्नुपर्छ । तिनलाई मोबाइलमा रेकर्ड गर्नुपर्छ । तेस्रो, घटना भएको ठाउँ हेरिसक्दा मानिससँग कुराकानी गरिसक्दा र सबै कुरा टिपिसक्दा पनि पत्रकारले पर्याप्त प्रमाण नभेटेको गुनासो गर्छन् । तर उनीहरूले प्रमाण पहिल्यै भेटिसकेका हुन्छन् । आफूलाई आइपरेको कुनै कुराबाट थालेको स्टोरी अरूले भोगेको कुराबाट थालेको स्टोरीभन्दा कम महत्वपूर्ण हुँदैन । अझ राम्रो के हुन्छ भने के भएको हो भन्ने कुरा आफैँले भोग्दा झन् राम्रोसँग थाहा पाइन्छ । आफैँले भोगेको घटनाका बारेमा आफूले टिपेका नोटका आधारमा स्टोरीको झन् राम्रो योजना बनाउन सकिन्छ । सम्झनामा कहिल्यै पनि भर पर्नुहुँदैन । राम्रो क्यामरा भएको मोबाइल फोन पत्रकारको उपयोगी साथी हो । कुनै नराम्रो कुरा भएको देख्ने बित्तिकै त्यसको फोटो खिचिहाल्नुपर्छ ।
स्टोरी आइडिया पाउने अन्य उपाय
धरीधरीका प्रकाशन स्टोरी आइडियाका सबैभन्दा ठूला छोत हुन् । यस्ता प्रकाशन पढ्नु आफ्नो पेशागत दक्षता र लेखन सीप सुधार्ने सबैभन्दा राम्रो उपाय हो। आफ्नो बिटका विषयमा प्रकाशित हरेक कुरा पढ्नु गम्भीर पत्रकारको पेशागत कर्तव्य हो, खोजमूलक पत्रकारिता गर्ने आधार हो । नपछुने पत्रकारले आफूले रिपोर्टिङ गर्ने विषयमा कसरी काम हुन्छ, त्यहाँ कस्ता प्रक्रिया अपनाइन्छन् भन्ने कुरा राम्रोसँग बुझदैन । यसो भएपछि गलत काम भएको रहेछ भने पनि त्यो कुरा थाहा पाउँदैन । आफूले यसै थाहा पाउने जानकारी पर्गेल्न धेरै समय खर्च गर्नुका सट्टा आफ्नो ज्ञानको दायरा फराकिलो पार्न निरन्तर नयाँ जानकारी खोजी रहनुपर्छ । इन्भेस्टिगेटिभ रिपोर्टर्स एन्ड एडिटर्स (आईआरई) का पूर्व कार्यकारी निर्देशक कान्ट डस्टनले सो संस्थाले निकालेको इन्भेस्टिगेटिभ रिपोर्टर्स स्यान्डबूक मा लेखेका छन्- स्थानीय पत्रिकामा छापिएका सामग्रीमा खोजमूलक स्टोरीका धेरै बीउ भेटिन्छन् । इच्छापत्र, स्वामित्व परिवर्तन, धितो लिलाम बोलकबोल बोलपत्र, जफत गरिएको सम्पत्ति, सम्पत्ति दावी सम्बन्धी सूचना जस्ता विज्ञापनमा स्टोरी आइडिया लुकेका हुनसक्छन् । ती पत्रिकामा नयाँ निर्माणका काम अथवा सरकारी आयोजना अथवा स्थानीय अदालतका मुद्दा आदि विषयमा रोचक रिपोर्ट छापिएका हुनसक्छन् । ट्राफिक नियम उल्लंघन गरेर गाडी डॉक्ने चलनका विषयमा पनि समाचार छापिएका हुनसक्छन् ।
छापिएका स्टोरीको फलोअप गर्ने मामलामा पत्रकार धेरै पछि परेका छन् । पाठक सर्वेक्षण र निश्चित समूहमा गरिएका छलफलबाट पाठक फलोअप स्टोरी पढ्न चाहन्छन् भन्ने देखिएको छ । स्टोरी छापिएपछि के भयो, यसो किन भयो अथवा दिनैपिच्छे छापिने, टुक्रे समाचारका पछाडि कस्ता ठूला स्टोरी छन् भन्ने कुरा पाठक पढ्न चाहन्छन् । कुनै घटना किन भयो भनी जवाफ नखोजिएका अथवा स्टोरीले समेटेको विषयका सानो पक्ष मात्रै समेटिएका अर्थात् बृहत् पक्षमा ध्यान नदिएका समाधारमा ध्यान दिनुहोस् । झट्ट हेर्दा एक थोक लाग्ने अथवा नियमित आइरहने स्टोरीलाई अन्य किसिमले लेख्न सकिन्छ कि भनी ध्यान दिनुहोस् ।
सरकारी तथा गैरसरकारी संस्थाका प्रतिवेदन निरस र पवन कठिन हुन्छन् । धेरै पत्रकारले यस्ता प्रतिवेदन ख्याल ख्याल जस्तो गरी पढ्छन्, तिनमा गज्जबका स्टोरीका जाइडिया मेटिन्छन् भन्ने ठान्दैनन् । त्यस्ता प्रतिवेदनका विषयसूची ध्यान दिएर पढ्यो भने नयाँ र चुनौतीपूर्ण जानकारी भेटिन सक्छन् जसका आधारमा अर्को खोजमूलक स्टोरी थाल्न सकिन्छ । पैसा नभएकाले अथवा भौगोलिक कारणले गर्दा पत्रकारले विदेशी प्रकाशन अथवा वेबसाइट (पैसा तिर्नुपर्ने) पढ्न नपाएका हुनसक्छन् । खोज पत्रकारले कुनै न कुनै उपाय अपनाएर आफूलाई अधावधिक राख्नुपर्छ । विभिन्न राजदूतावास र गैरसरकारी तथा सामाजिक संस्थाका पुस्तकालयमा इन्टरनेट निःशुल्क दिइएको हुनसक्छ । अरू विकल्प छैनन् भने यस्ता ठाउँमा गएर पनि पत्रकारले आफूलाई अद्यावधिक राख्न सक्छन् ।
इन्टरनेटमा नियमित रूपमा समाचार साइट र फेसबूक तथा ट्वीटर जस्ता सामाजिक सञ्जाल हेर्नुहोस् जहाँ थरीथरीका मानिसका थरीथरीका विचार र तिनका विपक्षका विचार पाइन्छन् । ट्वीटरमा सामान्य जानकारी र समसामयिक विषयका ताजा समाचार पाइन्छन् । छिनछिनमा नयाँ कुरा भइरहने र पुराना मान्यताका ठाउँमा नयाँ मान्यता स्थापित हुने स्वास्थ्य अथवा विज्ञानका क्षेत्रमा भएका नयाँ कुरा थाहा पाउन सामाजिक सञ्जाल अझ बढी उपयोगी हुन्छन् । यूरोप र अमेरिकामा एन्टिरेट्रोभाइरल औषधि परीक्षण सफल भएको धेरै वर्षपछि पनि विकासोन्मुख देशका धेरै पत्रकारले एड्सको प्रभावकारी उपचार भएन भनेर स्टोरी लेखिरहेका हुनसक्छन् । उनीहरूले एड्सको उपचारका क्षेत्रमा भएका प्रगतिका बारेमा थाहा नपाएर यसो गरेका हुनसक्छन् । नयाँ कुरा थाहा नपाउने पत्रकारले आधारभूत स्वास्थ्य सेवाका बारेमा जनचेतना जगाउन सक्दैनन् ।
संकेत, हल्ला र तथ्य कसरी जाँच्ने ?
पत्रकारले जाफूले गरिरहेको स्टोरीका सबै पक्षका जानकारी खोज्नुपर्छ । स्टोरीको विषयसँग सम्बन्धित पक्ष विपक्ष र उनीहरूका बीचको हुन्छ अनि आरोप लगाउने र लागिने मानिसका व्यवहार राम्रोसँग अध्ययन गर्नुपर्छ । तर सुराक, गफ, व्यक्तिगत अनुभव अथवा अन्य किसिमले पाइएका जानकारी सही हुन् कि होइनन् भनी कसरी जाँच्ने ?
वेबसाइटबाट खोजिएका जानकारीका सम्बन्धमा दुई किसिमका प्रश्न सोध्नुपर्छ । पहिलो, यो कसले लेखेको हो र यस विषयमा लेख्न उनीहरू कत्तिको योग्य छन् ? यो लेख्न उनीहरूलाई केले प्रेरित गन्यो ? वेब, ट्वीटर र फेसबूकमा जसले जे पनि पोस्ट गर्न सक्छ । इमानदार विज्ञदेखि लिएर भलो कुरा होस् भनी थाहना गर्ने मानिससम्म व्यापारिक अथवा राजनीतिक स्वार्थ समूहले पैसा दिएर नियुक्त गरेका मानिसदेखि सर्वसाधारणसम्म । त्यसैले, वेबमा राखिएका जानकारी कति विश्वसनीय छन् भनी जाँच्नुपर्छ ।
शेखो, स्टोरीका संकेत दिने जानकारी वेबमा पोस्ट गर्ने व्यक्तिका बारेमा के कस्ता विवरण सार्वजनिक रूपमा उपलब्ध छन् ? खोज पत्रकारले उनीहरूको जीवनी उनीहरूको पढाइ, उनीहरूले सम्हालिसकेका पद जादि बारेमा थाहा पाउन कोशिश गर्नुपर्छ । उनीहरूको फेसबूक र ट्वीटर अकाउन्ट हेर्नुपर्छ । कुनै नयाँ उद्यमको चर्चा भएको रहेछ भने त्यसका मुख्य सञ्चालक को हुन् भनी थाहा पाउनुपर्छ। उनीहरूका मित्र र वैरी को को हुन् अनि उनीहरूको कामसँग सम्बन्धित सरकारी कर्मचारी को को हुन् थाहा पाउनुपर्छ । नयाँ कृषि मन्त्री कृषिसँग सम्बन्धित कुनै उथनको बोर्डमा रहेछ भने यसो हुनु वैज्ञानिक हो भनी प्रश्न सोध्नुपर्छ। वैज्ञानिक नै रहेछ भने पनि यसो गर्नु दुई नाउमा खुट्टा डाल्नु (अर्थात् स्वार्थ बाफिन) हो। यस्ता सम्बन्ध थाहा पाउँदा आफ्नो सम्भावित स्टोरीका बारेमा उपयोगी अन्तरज्ञान पाइन्छ ।
पेट्रोल, जग्गा अथवा छात्रवृत्ति जस्ता दुर्लभ खोत साधनको वितरणसम्बन्धी प्रतिवेदनमा यी खोतसाधन वितरण गर्दा भ्रष्टाचार भएको संकेत मिल्न सक्छ । यी खोतसाधन वितरणसम्बन्धी अन्तिम निर्णय कसले गर्छ र यी छोतसाधन वितरण गर्ने प्रणाली के कस्तो छ भन्ने कुरा थाहा पाउँदा भ्रष्टाचारका स्टोरी पाउन सकिन्छ किनभने दुर्लभ खोत साधनको वितरण गर्ने मानिसले यसबाट व्यक्तिगत लाभ उठाउन सक्छन् । वेबसाइटमा उपलब्ध जानकारी राम्रोसँग अध्ययन गरेका खण्डमा यी मानिसले कति जानकारी दिएका रहेछन् र कति जानकारी लुकाएका रहेछन् भन्ने थाहा पाइन्छ ।
शक्तिशाली सरकारी कर्मचारी अथवा राजनीतिज्ञले कसैमाथि गलत अथवा एकपक्षीय आरोप लगाउन मिल्ने कागजी प्रमाण पाउन सक्छन् अथवा बनाउन सक्छन् । सरकारी लेटरहेड, कम्प्युटर अथवा फोटोकपियर जुटाउन सक्ने जोसुकै पनि नक्कली कागज तयार गर्न सक्छ । कागजात सक्कली नै भए पनि कुनै विषयसँग सम्बन्धित छानिएका केही कागज मात्र पत्रकारको हात पन्यो र सोचविचार गरिकन अरू महत्वपूर्ण कागज लुकाइएको रहेछ भने ती कागजले आफूले अध्ययन गरेको विषयको आंशिक र अर्धसत्य चित्र मात्र देखाउँछ, पूर्ण तस्वीर होइन ।
कहिलेकाही कागजात पत्रकारले बुझ्न नसक्ने गरी जटिल अथवा प्राविधिक हुन्छन् । ती कागजात बुझन विज्ञको सहायता लिनुपर्छ । यस्ता कागजातका सम्बन्धमा लेखापाल, वकिल अथवा डाक्टर जस्ता स्वतन्त्र विज्ञसँग छलफल गर्नु पर्छ ।

