काठमाडौं – नेपाल रेडक्रस सोसाइटीले अवैध रूपमा रगतमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक एवं नेसनल टेक्निकल एडभाइजरी कमिटी (एनटयाग) को स्पष्टीकरणको जवाफ पठाउँदै रेडक्रसले मूल्यवृद्धि फिर्ता लिएको जनाएको हो ।
रेडक्रसको केन्द्रीय रक्त सञ्चार सेवाले गत बिहीबारदेखि प्रतियुनिट अर्थात् एक पोका रगतमा लिँदै आएको शुल्कमा एक सय रुपैयाँ वृद्धि गर्ने सूचना जारी गरेको थियो । यो शुल्क वृद्घि रक्त संकलनमा रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थाका लागि नेपाल सरकार राष्ट्रिय रक्त सञ्चार ब्युरोको निर्णयअनुसार गरिएको रेडक्रसले दाबी गरेको थियो ।
तर सरकारी निकायले भने शुल्क बढाउने निर्णय रक्त सञ्चार सेवाको एकलौटी रहेको जनाउँदै त्यस्तो सिफारिस वा निर्णय नगरेको स्पष्ट पारेको छ । ‘उहाँहरू (रेडक्रस) ले गल्ती गर्नुभयो,’ एनटयागका अध्यक्ष डा. हरिशचन्द्र उप्रेतीले कान्तिपुरसँग भने, ‘आफनो गल्ती स्वीकार गर्दै शुल्क वृद्घि फिर्ता लिएको जानकारी पठाएको छ ।’ रेडक्रसले सरकारलाई पठाएको २४ घन्टे स्पष्टीकरणको जवाफमा प्रतिपोका एक सय रुपैयाँ बढाएको सूचना जारी गरेको सन्दर्भमा अहिलेलाई पुरानै दरमा फर्किने निर्णय गरिएको उल्लेख छ ।
आफूहरूले पीडितका लागि दानमार्फत दिने रगत संकलन गरेपछि रेडक्रसले पीडितलाई नि:शुल्क नै दिनुपर्ने माग रक्तदाताको छ । ‘रेडक्रसले मूल्य वृद्घि गर्ने बदमासी नगरी रगतलाई नि:शुल्क उपलब्ध गराउनेतर्फ पहल किन गर्दैन ?,’ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले भने, ‘दाताले पीडितका लागि नि:शुल्क दिने रगत बिरामीले पनि नि:शुल्क पाउनुपर्ने अधिकारको संरक्षण गर्न सरकारले पहल गर्नुपर्छ ।’साभार ः कान्तिपुर, २०७५ कात्तिक २०
रगतको मूल्यवृद्घि फिर्ता
रगतको मूल्यवृद्घि फिर्ता
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

