अन्नपूर्ण
काठमाडौं । नेपाल चिकित्सक संघले भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि विहिबार साँझ भएको दुव्यर्वहारको घटनाबाट मर्माहत भएको जनाउँदै ‘ब्ल्याक डे’ भएको घोषणा गरेको छ ।
संघका महासचिव डा. बद्री रिजालले प्रेस विज्ञप्ति प्रकाशित गर्दैै कोरोना महामारिमा जीवन जोखिममा पारि दिनरात उपचारमा खटिएका चिकित्सक, तथा स्वास्थ्यकर्मीको मनोबल बढाउनु साटो हातपात गर्ने, घाँटी थिचेर लखेटीलखेटी पिट्ने र अस्पताल समेत तोडफोड गर्ने आपराधिक मानसिकता बोकेका मानिसहरुको भीडबाट जीवन असुरक्षित रहेको छर्लङ्ग भएको जनाएका छन् ।
भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारवाही गरि मुलुकभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कामबाट विमुख हुने बाध्यात्मक परिस्थिति सिर्जना नगर्न समेत विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।
स्वास्थ्यकर्मीमाथि हातपात ‘ब्ल्याक डे’: चिकित्सक संघ
स्वास्थ्यकर्मीमाथि हातपात ‘ब्ल्याक डे’: चिकित्सक संघ
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

