काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकताका आधारमा राज्यको लगानी स्वास्थ्य,शिक्षा,सुरक्षा,सामाजिक संरक्षण र ठूला पूर्वाधार निर्माण गरि पाँच ठाउँमा केन्द्रीत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले नेपाली दिदीबहिनी, दाजुभाईहरु गरिबी,अभाव र भोकमरिको जिन्दगी बाँचिरहेको चर्चा गर्दै भने, यसकालागि खानपिनका बानीमा परिवर्तन गरि स्वस्थ र सन्तुलित पोषणयुक्त खानाको अवधारणा व्यापक गराउने छौं । यसकालागि कृषि तथा पशुपन्छि विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिचालित हुने छन् । सबै पालिकामा खाद्य भण्डारको स्थापना गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने छौं ।


