काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले आयोगको बैठकले सम्बन्धन दिने निर्णय गरेको हो । आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले बैठकमा सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्नु पर्ने उल्लेख गर्दै सम्बन्धन दिनु पर्ने बताएका थिए । बैठकमा आयोगका सहअध्यक्षहरु स्वास्थ्य तथा जनससंख्या मन्त्री प्रदीप यादव र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए । व्यवसायि दुर्गा प्रसाईँ सञ्चालक रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले परमादेश दिएको थियो ।
डा. केसीको चेतावनी
यसैबीच चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन अदालतले दिएको फैसलालाई न्यायिक विचलनको संज्ञा दिंदै न्यायिक पुनरावलोकनको माग गरेका छन् । उनले माग पुरा नभए असार १४ देखि अनशन बस्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा ऐनको अपव्याख्या गरिएको, निवेदकले मापदण्ड नर्पुयाएको र संवैधानिक इजलासको क्षेत्राधिकारमा हस्तक्षेप गरिएकाले अदालतको आदेश नै त्रुटिपूर्ण रहेको दाबी गरेका छन् ।
१२ चैत २०८० मा सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार चुडाल र सारंगा सुबेदीको संयुक्त इजलासले प्रक्रिया पुर्याएको भएमा बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको थियो । बी एण्ड सीका सञ्चालक प्रसाईंले मेडिकल कलेज सञ्चालनका लागि सबै पूर्वाधार तयार हुँदा पनि सम्बन्धन नपाएको भन्दै शिक्षा मन्त्रालय, काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायत सरकारी निकायलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए ।गत १४ जेठमा सर्वोच्चले १५ दिनभित्र सम्बन्धन काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा आदेश जारी गरेको थियो । उक्त परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको २७ जेठको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो ।
बी एण्ड सी कलेजलाई सम्बन्धन दिने निर्णय
बी एण्ड सी कलेजलाई सम्बन्धन दिने निर्णय
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

