काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधामले मुटुरोग सम्बन्धी उपचारका लागि आवश्यक पर्ने क्याथ ल्याब सेवा सुरु गरेको छ।
मुटुको परीक्षण गरिने उक्त ल्याब सेवा बिहीबारदेखि सुरु गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा.सुदर्शन थापाले जानकारी दिए।
सेवा सुरु भएको पहिलो दिन गुल्मीका ७५ र ७२ वर्षीय एकरएक जना महिला पुरुषलाई सेवा दिइएको छ। विशेषज्ञ चिकित्सक नहुँदा उक्त सेवा विगत डेढ वर्षदेखि सञ्चालनमा आउन सकेको थिएन।
मेसु थापाका अनुसार करिब ६ करोड मूल्य बराबरका मेशिन र अन्य उपकरणहरू जडान गरिएको छ। क्याथ ल्याब सेवा सञ्चालनका लागि डा।अर्जुन बुढाथोकी र डा।रोशन घिमिरे करारमा आएका छन्। शल्यक्रियाविना नै मुटुका समस्याहरू क्याथ ल्याबबाट हेर्न सकिने चिकित्सकले बताएका छन्। खुम्चिँदै जान थालेको मुटुको भल्भ पनि घटाउन सकिने छ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधामले मुटुरोग सम्बन्धी उपचारका लागि आवश्यक पर्ने क्याथ ल्याब सेवा सुरु गरेको छ। क्याथ ल्याबको शनिबार मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
सो अवसरमा मुख्यमन्त्री यादवले आफूले गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता र संरचनागत तथा व्यवस्थापकीय सेवा सुधारका लागि काम समेत बताए।
उनले उपचार नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने बाध्यताको अन्त्य गर्न र मुटु रोगीले समयमै उचित उपचार प्रदान गर्नका लागि क्याथ ल्याब सुरु गरिएको बताए। उनले अस्पतालका उपकरण छिटो बिग्रने कुराप्रति आफ्नो ध्यानाकर्षण भएको र भविष्यमा यस्तो हुन नदिने समेत उनले बताए।

