काठमाडौं। विश्व क्यान्सर दिवसको यस वर्षको नारा हो, ‘बढ्दैछ चुनौति क्यान्सरको , पहुँच बढाऔं स्याहारको’ । यहिं नाराका साथ आज विश्व क्यान्सर दिवस मनाइएको छ । दिवसका सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशित गर्र्दै केहि तथ्यहरु सार्वजनिक गरेको छ ।
विश्वमा वर्षेनी झण्डै एक करोड मानिसहरुको ज्यान लिने क्यान्सर रोगप्रति मानिसहरुलाई सचेत गराउन र क्यान्सर रोग बारे छलफल चलाउन हरेक वर्ष फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ । विश्व क्यान्सर दिवसको अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। रुद्र मरासिनीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ११।११ प्रतिशत मानिसको मृत्युको कारण क्यान्सर बनेको जानकारी दिए ।
नेपालमा ४० प्रतिशत भन्दा बढी मृत्यु फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा हुन्छ । डा। मरासिनीका अनुसार नेपालमा प्रत्येक वर्ष करिब २० हजार भन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गर्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरि क्यान्सरले गराउने कुल मृत्युको करिब एक तिहाई सुर्तीजन्य पदार्थ सेवन, मदिरा सेवन, असन्तुलित आहारका कारण र नियमित ब्यायामको कमीले हुने गरेको छ । बाँकी क्यान्सरका कारणहरुमा विकिरणको प्रभाव, वातावरणीय प्रदुषणका साथै अन्य संक्रमणहरु रहेका छन् ।
विकासोन्मुख देशहरुमा भने करिव ३० प्रतिशत क्यान्सर हेपाटाईटीस, ह्युमन प्यापिलोमाभाइरस संक्रमणहरुका कारणले हुने गरेको छ ।
ग्लोबोक्यान नामक एक सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष २०,००० जनाभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने देखाएको छ । भने सन् २०२०मा क्यान्सरकै कारणले नेपालमा १६,६२९ जनाको मृत्यु भएको थियो । नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर छन् ।
पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।
नियमित रुपमा आफ्नो स्वास्थ्यको जाँच गरि यस्ता रोगहरु प्रारम्भिक चरणमै पत्ता लागेमा उपचार गरि यसको रोकथाम गर्न सकिन्छ ।
यसलाई ध्यानमा राखेर नेपाल सरकारले ७७ जिल्लामा स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग सम्बन्धि क्षमता अभिव द्धि का तालिमहरु दिइरहेको छ । जसले गर्दा क्यान्सरको प्रारम्भिक चरणमै पहिचान गरि रोकथाम गर्न मद्दत गर्नेछ ।
क्यान्सर रोग सम्बन्धि जनचेतनाका कार्यक्रमका साथै सरकारले क्यान्सर पिडितहरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु अगाडि सारेको छ ।
सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सर पिडितहरुका लागि रु एक लाख सम्मको औषधि उपचारको व्यवस्था गरेको छ । भने प्रदेश सरकारहरुले पनि थप रु एक लाख सम्मको उपचार सहायता प्रदान गर्दै आएको छ ।
सरकारले नेपालमा देखिएका मुख्य क्यान्सरहरु – फोक्सोको क्यान्सर र महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रोकथामका निम्ती विभिन्न प्रयासहरु गरिरहेको छ ।
फोक्सोको क्यान्सरको मुख्य कारक सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न र बेचविखनलाई नियमन गर्न बनेको ‘सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन, २०६८, सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० नियमावली २०६८ लगायत निर्देशिकहरु जारी भै कार्यान्वयन भएको छ ।
साथै महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रोकथामका निम्ती निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रममा विशेष कार्यक्रमको रूपमा अगाडि सारेको छ । पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एच।पी।भी। खोप कार्यक्रमलाई पनि राष्ट्रिय खोप कार्यक्रममा राख्ने तयारि पनि गरिरहेको छ भने २०८० मा १०,००० किशोरीहरुलाई एचपीभी खोप लगाइसकेको छ । स्क्रिनिङ तथा रोकथाम सम्बन्धी कार्य व्यवस्थित गर्न सरकारले पाठेघरको मुखको क्यान्सर रोकथाम सम्बन्धी निर्देशिका, २०८० समेत जारी गरिसकेको छ ।
नेपालको संविधानको धारा ३५ मा, राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सम्बन्धमा हरेक नेपाली नागरिकलार्इ समान हक, दायित्व बोध गराएको अवस्था छ । जनस्वास्थ्य सेवा ऐन २०७५ मा निर्दिस्ट भए बमोजिम क्यान्सरविरुद्धको लडार्इमा नेपाल सरकारका सामाजिक सुरक्षा तथा नीति, कार्यक्रमहरू, नेपालले विभिन्न समय समयमा गरेका अन्तराष्ट्रिय प्रतिबद्धताहरु, चुनौतीहरू र उपलब्ध स्रोतसाधनलाइ आधार बनाई गरेका कार्यक्रममा क्यान्सर नियन्त्रणलाइ उच्च प्राथमिकतामा राखेको छ ।
तर सरकारको एक्लो प्रयासले मात्र हामीले खोजेको लक्ष्य प्राप्त गर्न नसकिने हुँदा क्यान्सर विरुद्धको यो लडाइमा सबै सरोकारवालाहरु एकबद्ध भएर काम गर्न जरुरी छ ।
अन्त्यमा हामीसँग क्यान्सर नियन्त्रणलाइ भएको संगठन संरचना र राज्यले सो अनुसारको सेवा सुविधा लिन, दिन हरेक नेपाली नागरिकहरू माझ नेपालमा पनि क्यान्सर बिरामीको उपचार हुन सक्छ
क्यान्सर रोगको उपचार गर्ने मुख्य पद्दतिहरु
शल्यक्रिया ( सर्जरी र अपरेसन
विकिरणबाट उपचार ( रेडियोथेरापी
क्यान्सरका औषधी ( किमोथेरापी
हर्मोनको प्रयोग ( हर्मोनल थेरापी
नयाँ औषधीको प्रयोग ( टार्गेटेड थेरापी , इम्युनोथेरापी
कुन कहिले कसरी गर्ने भन्ने कुरा बिरामी र उहाँको रोगमा भर पर्छ ।क्यान्सर एउटै ठाँउरअँगमा मात्र छ भने त्यहीँ मात्र उपचार गरे पुग्छ ( त्यसका लागी शल्यक्रिया वा रेडियोथेरापी गरिन्छ ।
यदि अन्य ठाँउमारअँगमा फैलिएको अवस्थाको क्यान्सर भए शल्यक्रिया, रेडियोथेरापी साथै किमोथेरापी र हर्मोन थेरापी गर्न जरुरी हुन्छ ।तर केही अवस्थामा यि सबै उपचार प्रविधी सँगसँगै प्रयोगमा आउँछन् ।

