नेपालगन्ज , भारतमा बढिरहेको जेएन–१ भेरियन्टको कोरोना भाइरसबारे नेपालगन्जको जमुनाहा नाका बेखबर जस्तै बनेको छ ।
भारतमा जेएन–१ भेरियन्टको कोरोना बढिरहेको बेला जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमा न सर्तकता, न सचेतना र न त कोरोना परीक्षण नै भइरहेको छ । कोरोनाविरुद्ध यहाँ केही पनि भएको छैन । के काम गर्ने हो भन्ने पनि अन्यौलता रहेको छ ।
हेल्थ डेस्कमा कार्यरत अहेव सावित्री शर्माले कोरोनाको नयाँ भेरियन्टबारे के गर्ने, नगर्ने भन्नेबारे माथिबाट कुनै नीति, योजना र कार्यक्रम नरहेको बताइन् । ‘गएको १० असोज यता कोरोना परीक्षण पनि भएको छैन । हामीसँग त्यो समयपछि किट नै सकिएको छ’, उनले रहस्य खोलिन, ‘हेल्थ डेस्कबाट अहिले मलेरिया, टिबी र एचआइभी एड्सको परीक्षण मात्र भइरहेको छ । कोरोना त टेस्ट नै हुँदैन ।’
उनले भारतमा जेएन–१ भेरियन्टको कोरोना बढिरहेको बारे आफूलाई थाहा भएको बताइन् हेल्थ डेस्कको सामाजिक सञ्जालको ग्रुप च्याटमा कोरोनाको नयाँ भेरियन्टबारे के गर्ने होला भनेर जिज्ञासा राखे पनि माथिबाट कुनै प्रतिक्रिया नपाएको बताइन् ।
नेपालमा कोरोना महामारीका बेलामा संघीय सरकारको स्वास्थ्य विभागले सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट आउने ब्यक्तिको अनिवार्य कोरोना परीक्षण सुरु गरिएको थियो । कोरोना पुष्टि भएका ब्यक्तिलाई आइसोेलेसनमा राखेर पठाइन्थ्यो । कोरोनाकाल भरी हेल्थ डेस्क प्रभावकारी पनि भयो । हेल्थ डेस्कलाई नेपालगन्ज उपमहानगरपालिकाले पनि स्वास्थ्यर्मी सहयोग गरेको थियो । अहिले नगरले पनि सहयोग छोडेको छ । यो हेल्थ डेस्क अब लुम्बिनी प्रदेश सरकार मातहत भएको छ ।
जेएन–१ भेरियन्टको भय : जमुनाहा नाकामा जाँच गर्न किट अभाव
जेएन–१ भेरियन्टको भय : जमुनाहा नाकामा जाँच गर्न किट अभाव
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

