काठमाडौं । डाक्टरहरुबीच पनि राष्टिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने लहर चलेको छ । डा. तोसिमा कार्की प्रमुख रहेको पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागको स्वास्थ्य विभाग उपप्रप्रमुखमा डा.पुष्पमणि खराललाई मनोनित गरिएको छ । डा खराल यसअघि नेकपा एमाले निकट राष्ट्रिय चिकित्सक संघमा महासचिव थिए । उनी गत असारमा सो संगठनबाट राजिनामा दिई रास्वपामा आवद्ध भएका हुन् ।
त्यस्तै डा. सुवास प्याकुरेललाई स्वास्थ्य तथा जनसंख्या विभागको सल्लाहकारमा मनोनित गरेको छ । सो विभागले केन्द्रीय समिति तथा प्रदेशहरुको संयोजक चयन गर्ने तयारी गरेको छ ।
विभागको सचिवमा डा. विश्व ठाकुर छन् । सदस्यमा डा. स्यामेन्द्र झा, डा.राजु ढकाल, डा. प्रभात अधिकारी, डा.समता कोइराल र डा. विकेश बज्राचार्य छन् । ११ सदस्सीय विभागमा बाँकी सदस्य पछि थपिने रास्वपाले जनाएको छ ।
डा. पाण्डे पनि रास्वपामा प्रवेश
भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे शनिवार रास्वपामा प्रवेश गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शनिवार नेपालगन्जमा आयोजित कार्यक्रममा डा.पाण्डेलाई पार्टीको स्वास्थ्य विभागमा आवद्ध गराएका हुन् । डा. पाण्डेको
सिकलसेल एनिमिया रोगको पहिचान, उपचार र व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन् ।

