विशेष अदालतले श्रेष्ठ, उनकी पत्नी शिलु र छोरीहरु युलिया र लारिसा श्रेष्ठका नाममा रहेका घरजग्गा, शेयर, बैंक मोज्दात र सवारी साधन समेत सम्पत्तिबाट जफत हुने ठहर्ने फैसला गरेको थियोकाठमाडौं । बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनका अध्यक्ष डा. भक्तमान श्रेष्ठले अस्पतालमा प्रवेश गरे पछि के कति सुधार गरे त्यो सेवाग्राहिले जानुन ।
तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने अस्पताल प्रवेश गरे पछि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको फेला पार्यो । डा. श्रेष्ठ २०५४ साउन १ गते सार्वजनिक पदमा आसिन भएका थिए । उनले २०७० साउन ४ गतेसम्ममा १ करोड ८५ लाख ३ सय ७८ रुपैंया आम्दानी गरेको पाइयो । तर, खर्च भने ३ करोड ७९ लाख ५८ हजार ७१ रुपैंया गरेको देखिएको छ ।
उक्त अवधिमा आयको तुलनामा व्यय १ करोड ९४ लाख ६ हजार ३ सय ३३ रुपैंया पाइएको छ । २६ लाख ४९ हजार २ सय २० रुपैंया बढी व्यय भएको हदसम्मको रकमलाई न्यायोचित खर्च मान्दा पनि डा. श्रेष्ठले जम्मा १ करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैंया गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ ।
यस मुद्दामा विशेष अदालतले डा. श्रेष्ठलाई दोषि ठहर समेत गरेको थियो । विशेष अदालतले २०७५ कात्तिक १३ गते १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७७६ रुपैंया जरिवानाको फैसला गरेको थियो । विशेष अदालत विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोद कुमार श्रेष्ठ वैद्यको इजलासले श्रेष्ठ, उनकी पत्नी शिलु र छोरीहरु युलिया र लारिसा श्रेष्ठका नाममा रहेका घरजग्गा, शेयर, बैंक मोज्दात र सवारी साधन समेत सम्पत्तिबाट जफत हुने ठहर्ने फैसला गरेको थियो
डा. श्रेष्ठको दावी यस्तो छ
अख्तियार समक्ष बयान गर्दा डा. श्रेष्ठले बीपी कोईराला क्यान्सर अस्पतालमा २०५४ सालदेिख कायर्रत रहेको जनाएका छन् । २०६४ सालमा कायर्कारी निर्देशक र २०६९ सालमा संचालक समितिको अध्यक्ष भई कार्य गरेको उल्लेख गरेका छन् । आफ्नो श्रीमति क्यान्सर अस्पतालमा कार्यरत भएको पनि जानकारी दिएका छन् ।
आयस्रोतमा आफ्नो र श्रीमतिको तलब, भत्ता, निजी अस्पतालबाट आर्जित रकम, श्रीमतिको दाइजो र दान दक्षिणा मात्र भएको उल्लेख गरेका छन् ।
काठमाडौको गोठाटार, गोंगबु र चतवनको भरतपुर र कल्याणपुरमा स्वआर्जित घरजग्गाहरु भएको बताएका छन् । उनको नाममा नारायणी सामुदाियक अस्पताल, भरतपुरमा २५ लाख, नेपाल पोिलटेिक्नक इन्स्ष्टिच्युट, भरतपुरमा ३ लाख ५० हजार तथा चिनारी बचत तथा ऋण सहकारी संस्था, भरतपुरमा ५० हजार र त्रिवेणी विकास बैंकमा ६ लाखको शेयर रहेको एवं श्रीमति शिलुको नाममा चितवन अस्पतालमा २० लाखको शेयर रहेको जनाएका छन् । डा. श्रेष्ठले बयानमा भनेका छन, ‘विभिन्न बैंकमा भएको मौज्दात समेत तलब, भत्ता, निजी अस्पताल, विदेश भ्रमण, जग्गा विक्रि र ससुरालीबाट प्राप्त सहयोग रकम हो ।’

