काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीअनुसार डाक्टर व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन्।
बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
उनले दरबन्दीबाहिर जिल्लामा हुने, तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरूको व्यवस्थापन गर्न जोखिम रहेको बताए। आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको उनको भनाइ थियो।
दरबन्दीअनुसारको डाक्टरहरू व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने बताउँदै उनले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेर नै छाड्ने प्रतिबद्धता जनाए। स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीणस्तरसम्म स्वास्थ्यकर्मीहरूको पहुँच नभएको स्थानमा डाक्टरहरूको पहुँच पुर्याएर नै छोड्ने बताए।
उनका अनुसार आठ सय डाक्टर मन्त्रीहरूको पालामा काजमा स्वास्थ्य मन्त्रालय बसेका छन्। ती सबैलाई दरबन्दीअनुसारको क्षेत्रमा पठाउने प्रतिबद्धता व्यक्त गरे। उनले आठ सय डाक्टरको दरबन्दीअनुसारको क्षेत्रमा पठाउन नसके स्वास्थ्य मन्त्रालयमा सुधार हुने अवस्था नभएको स्पष्ट पारे।
उनले भने, ‘आठ सय डाक्टरहरू स्वास्थ्य मन्त्रालयमा काजमा बसेका छन्। मजस्तै मन्त्रीहरूले राखेका हुन्। मैले एकजना पनि ल्याएको छैन। डडेल्धुरामा १६ जनाको दरबन्दीमा एकजना डाक्टर पनि पुगेनन् र ट्रमा सेन्टरमा २० जना भए पुग्ने ठाउँमा २२ जना अर्थोपेडिक डाक्टरहरू हुनुहुन्छ। सबैलाई राजधानी चाहिएको छ। आत्महत्या गर्नेजस्ता कुराहरू उठेका छन्। काठमाडौंमा दरबन्दी हुँदाहुँदै प्रमोसनको हिसाबले उहाँले नुवाकोट जान चाहनुभयो। नुवाकोट इच्छा लागुन्जेल बस्नुभयो। सरकारले काज दरबन्दी आफ्नो स्थानमा मिलाउने किसिमले लाग्न थाल्यौँ। उहाँले ट्रमा सेन्टरमा नै चाहियो, नभए आत्महत्या गर्छु भनेर मन्त्रालयमा आएर सचिवहरूलाई कराउन थालेछन्। यो सबै नाटक नौटंकी हो। मेरो स्वकीय सचिवालयमा धेरै धम्कीहरू आउन थालेका छन्। यसलाई पार लगाएर नै छाड्ने हो। स्वास्थ्यमा छिरफार गरेर नै छाड्छौँ। थिति बसाल्छौँ। संविधान कार्यान्वयन गर्छौँ।’
उनले भने,‘ ८ सय डाक्टरहरु स्वास्थ्य मन्त्रालयमा काजमा बसेका छन् । म जस्तै मन्त्रीहरुले राखेका हुन् । मैले एक जना पनि ल्याएको छैन । कर्मचारी व्यवस्थापन कडाईका साथ कदम चालेन भने स्वास्थ्य मन्त्रालय सुधार गर्नसक्ने अवस्था छैन । अब चल्नेवाला छैन । कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएरको भरमा मिल्नेवाला छैन । यसलाई अप्रेशन गर्नुपर्ने अवस्था छ । डडेलधुरामा १६ जनाको दरबन्दीमा एक जना डाक्टरहरु पुगेनन् र ट्रमा सेन्टरमा २० जना भए पुग्ने ठाउँमा २२ जना अर्थोपेडिक डाक्टरहरु हुनुहुन्छ । सबैलाई राजधानी चाहिएको छ । आत्महत्या गर्ने जस्ता कुराहरु उठेका छन् । काठमाडौंमा दरबन्दी हुँदा हुँदै प्रमोशनको हिसावले उहाँले नुवाकोट जान चाहनु भयो। नुवाकोट इच्छा लागुनजेल बस्नुभयो। सरकारले काज दरबन्दी आफ्नो स्थानमा मिलाउने किसिमले लाग्न थाल्यौं । उहाँले ट्रमा सेन्टरमा नै चाहियो नभएर आत्महत्या गर्छ भनेर मन्त्रालयमा आएर सचिवहरुलाई कराउन थालेछन् । यो सबै नाटक नौटङ्की हो । कडाईका साथ तपाईहरु प्रश्तुत हुनुस् । महिले म कहाँ पठाउनुस् आत्महत्या गर्न भने । त्यो कुरा सामाजिक सञ्जालमा लेखेर बिरोध भइरहेको छ । मलाई चाहि धम्काउने फोन आउन सकेको छैन । मेरो स्वकिय सचिवालयमा धेरै धम्कीहरु आउन थालेका छन् । यसलाई पार लगाएर नै छाड्ने हो । स्वास्थ्यमा छिरफार गरेर नै छाड्छौं । थिति बसाल्छौं । संविधानलाई कार्यान्वयन गर्छौं । आधारभुत स्वास्थ्य सेवा ग्रामिण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहुँच छैन । डाक्टरहरुको पहुँच छैन । त्यो ठाउँमा हामी पुर्याएर नै छोड्छौं । त्यसको लागि मलाई सांसदहरुको साथ चाहिन्छ ।’
थप सामग्री : https://ehimalayatimes.com/2023/07/136183/

