काठमाडौँ — राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहीन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् । मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले बजारमा गुणस्तरहीन औषधिको उत्पादन र बिक्री वितरण भइरहेको बताइन् ।
नागरिकको स्वास्थ्यमा असर पर्ने भएकाले सम्बन्धित निकायले औषधिको चेक गर्नुपर्ने उनको भनाइ छ । गुणस्तरहीन औषधिलाई बिक्री वितरण रोक्नुपर्ने उनको भनाइ छ ।
‘अहिले बजारमा गुणस्तरहिन औषधि उत्पादन तथा बिक्री वितरण भइरहेको भन्नेकुरा सुन्नमा आइरहेको छ । यो खालको गतिविधिले आम नागरिकको स्वास्थ्यमा गम्भिर असर पर्ने हुँदा सम्बन्धित निकायले औषधिको चेक गर्ने, यस्ता खालका औषधिलाई बिक्री वितरणमा रोक लगाउनतर्फ आवश्यक पहलको लागि ध्यानाकर्षण गर्न चाहन्छु,’उनले भनिन् ।
गुणस्तरहीन औषधि बिक्रीवितरणमा रोक लगाइयोस् : सांसद गौतम
गुणस्तरहीन औषधि बिक्रीवितरणमा रोक लगाइयोस् : सांसद गौतम
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

