काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, एक अर्कामा भौतिक दुरी कायम राख्ने, व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
छिमेकी राष्ट लगायत केहि देशहरुमा संक्रमणका नयाँ स्वरुप (भेरियन्ट ) देखा परेको र सो को जोखिम तथा नेपालमा पनि असर पर्न सक्ने अवस्था प्रति सजग एवं सुसूचित हुन आवश्यक भएको विज्ञप्तिमा जनाइएको छ ।
यसै सन्दर्भमा जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय,स्थानीय तहहरु लगायत सरोकारवालाहरुको समन्वयमा सार्वजनिक यातायातका साधन बढी भीडभाड हुने स्थानहरुमा आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
गृह मन्त्रालयबाट सम्पादन गरीने कार्यहरु
नेपाल सरकार (कार्य-विभाजन)नियमावली, २०७४ अनुसार
१. आन्तरिक सुरक्षा तथा शान्ति सुव्यवस्थासम्वन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन;
२. विशिष्ट व्यक्ति, महत्वपूर्ण स्थल, भवन, संरचना, कूटनीतिक नियोग र लोकमार्गको सुरक्षासम्वन्धी सूचना सङ्कलन, विश्लेषण, उपयोग, समन्वय र सुरक्षा प्रवन्ध;
३. संघ र प्रदेशसम्बन्धी कानून, सुपरीवेक्षण र समन्वय;
४. अपराध राेकथाम तथा नियन्त्रणसम्वन्धी नीति, कानून, मापदण्ड र नियमन;
५. अपराध अनुसन्धान र अपराध अनुसन्धानको अभिलेख;
६. अपराध नियन्त्रणसम्वन्धी अन्तर्राष्ट्रिय, क्षेत्रीय समन्वय तथा सहयोग;
७. सुपुर्दगीसम्बन्धी कानून, सन्धि, सम्झौता र कार्यान्वयन;
८. नागरिकतासम्वन्धी नीति, कानून, कार्यान्वयन र नियमन;
९. पारिवारिक मामिला (विवाह, सम्पत्ति हस्तान्तरण, सम्वन्ध विच्छेद, लोपोन्मुख, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार) सम्वन्धी कानून;
१०. उमेर, नाम र जात सच्याउने सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वय र नियमन;
११. हातहतियार, खरखजाना तथा बिस्फोटक पदार्थको प्रयोगसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, नियन्त्रण नियमन;
१२. यातना पिडितसम्वन्धी नीति, कानून, मापदण्ड, समन्वय र नियमन;
१३. निवारक नजरबन्द, कारागार तथा हिरासत व्यवस्थापनसम्वन्धी नीति, कानून र मापदण्ड;
१४. अभियुक्त, थुनुवा र कैदी अन्तरप्रदेश स्थानान्तरणसम्बन्धी;
१५. शरणार्थी मामिलासम्वन्धी नीति, कानून र व्यवस्थापन;
१६. सम्पत्ति प्राप्ति, जग्गा प्राप्ति, अधिग्रहण र मुअाब्जा सम्वन्धी नीति, कानून, मापदण्ड र नियमन;
१७. चिठ्ठा तथा जुवा नियन्त्रणसम्वन्धी नीति, कानून, मापदण्ड र नियमन;
१८. विपद् व्यवस्थापनसम्वन्धी राष्ट्रिय नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन;
१९. राष्ट्रिय विपद् कोष स्थापना सञ्चालन तथा प्रादेशिक विपद् कोषमा सहयोग र समन्वय;
२०. सजाय, माफी, मुल्तबी र परिवर्तन;
२१. निर्वाचन तथा जनमत सङ्ग्रह;
२२. सार्वजनिक विदा, उत्सव, उर्दी अादिको व्यवस्थापन;
२३. इन्टरपोल तथा अन्तर्राष्ट्रिय प्रहरी संगठनहरुसँगको सम्पर्क र समन्वय;
२४. मानव अधिकार र नागरिक स्वतन्त्रताको संरक्षण तथा प्रवर्द्धन ;
२५. अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहयोग र समन्वय;
२६. अन्तर्राष्ट्रिय सीमा, सीमास्तम्भको सुरक्षा, सीमा प्रशासन तथा अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा;
२७. सशस्त्र विद्रोह, अार्थिक तथा सङ्गठित अपराध, आतङ्ककारी क्रियाकलाप एवं अवैध संघसंस्थाहरुको गतिविधि नियन्त्रण र वारुदी सुरुङ्गको निवारण;
२८. सार्वजनिक चासो र महत्त्वका सूचना संङ्कलन, अादानप्रदान, विश्लेषण, उपयोग र संरक्षण;
२९. राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्वन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन;
३०. विदेशी नागरिकको प्रवेश, उपस्थिति, गतिविधि तथा प्रस्थानको व्यवस्थापन, नियमन, नियन्त्रण र अभिलेखीकरण;
३१. अध्यागमन;
३२. अत्यावश्यक वस्तु वा सेवाको अापूर्ति समन्वय;
३३. उपाधि, सम्मान तथा विभूषण र सुशोभन;
३४. द्वन्द्व पीडित तथा विस्थापित व्यक्तिहरुको राहत तथा पुनर्स्थापना;
३५. अार्थिक सहायता;
३६. लागू औषध नियन्त्रण;
३७. धार्मिक विषय, तीर्थस्थान र तीर्थयात्री;
३८. कल्याणधन र बेवारिसी धन;
३९. सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराधको नियन्त्रण;
४०. सार्वजनिक चन्दा सङ्कलन नियमन र नियन्त्रण;
४१. गृह प्रशासन (कारागार, शान्ति सुव्यवस्था, लागू औषध, प्रकोप व्यवस्थापन, सुपुर्दगीलगायत) विषयक राष्ट्रिय अन्तर्राष्ट्रिय समन्वय र सम्पर्क;
४२. निर्वाचन अायोग;
४३. नेपाल पहरी;
४४. सशस्त्र प्रहरी बल, नेपाल;
४५. प्रहरी कल्याण;
४६. प्रहरी कितावखाना;
४७. सार्वजनिक बिषयसँग सम्बन्धित विवाद, घटनाको जाँचबुझ र अनुसन्धान;
४८. सवारी नियन्त्रण तथा सरकारी सवारी साधनको व्यवस्थापन र समन्वय;
४९. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय;
५०. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान अादिको सञ्चालन र नियमन;
५१. अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका विषय।

