काठमाडौँ ,बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन सकिन्छ ।
यही कात्तिक २ र ३ गते बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइनेछ । साथै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको खौषधि खुवाइने छ ।

