काठमाडौं । त्रिवि शिक्षण अस्पतालका उप–प्राध्यापक आँखा रोग विशेषज्ञ डा. सञ्जीव भट्टराईले दिनमा दुई पटक सफा पानीले आँखा सफा गर्न सुझाव दिएका छन् । डा. सञ्जीव भट्टराईले भने, छ महिनामा एक पटक आँखा जाँच गर्ने, धेरै कम र धेरै उज्यालोबाट जोगिने, अध्ययन वा काम गर्दा पुस्तक र स्क्रिनको दूरी ५० सेन्टिमिटर कामय गर्नु राम्रो हुन्छ।
दैनिक चार घण्टा मात्र स्क्रिन हेर्न उनको सुझाव छ। निरन्तर स्क्रिन हेर्नुपर्ने भए प्रत्येक २० मिनेटमा एक पटक आँखालाई आराम दिनु राम्रो हुन्छ। २० मिनेटमा २० सेकेन्ड स्क्रिन बाहिर हेर्नु अर्थात् आँखा चिम्म गर्नु उपयुक्त हुने डा. भट्टराईले सुझाव दिए । कुल जनसंख्याको १७ प्रतिशतलाई कुनै न कुनै किसिमको आँखाको समस्या रहेको अनुमान छ ।

