नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई डेङु लागेको छ। केही दिनअघि भारतको दिल्लीबाट स्वदेश फर्किएका सिहंको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
८८ वर्षीय सिंहलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको पारिवारले जनाएको छ । अस्पतालका डाक्टर शम्भु खनालका अनुसार महामन्त्री सिंहलाई डेंगु फिवर देखिएको र शरीरमा कमजोरपन देखिएको छ । सिंहलाई अहिले ज्वरो घटेको छ ।

