मतदान केन्द्रमा चर्को घाममा लामो समयसम्म उभिनुपर्दा स्वस्थ व्यक्तिलाई खासै प्रभाव नपर्ला तर वृद्धवृद्धाहरू, दीर्घरोगी, अशक्त, अपांग एवम् गर्भवतीहरू चक्कर आई ढल्ने सम्भावना हुन्छ । रक्तअल्पता लगायतका कुपोषण भएका व्यक्तिहरूलाई पनि समस्या पैदा हुन सक्छ । अझ रक्तचाप कम भएका बिरामीहरू लामो समय उभिनुपर्दा मस्तिष्कमा रक्तप्रवाह कम हुँदा शरीर असन्तुलित भै ढल्ने या बेहोस पनि हुन सक्छन् । यस्ता व्यक्तिहरूमा अचानक आँखा बन्दजस्तो हुने, चिडचिड पसिना आउने, मुटुको धड्कन बढ्ने, छाती चस्किने हुन सक्छ । शरीर असन्तुलित भै ढल्दा चोटपटक लाग्न सक्छ । ध्यान दिनुपर्ने कुरा के हो भने कुनै पनि मतदातालाई यस्तो समस्या पैदा हुनेबित्तिकै निजलाई सुरक्षित ठाउँमा सुताउने र खुट्टा र तिघ्रा उचालिदिनुपर्छ । नाडीको गति नै अति मन्द हुन सक्छ । गति ठीक नहुँदासम्म उचाल्ने, यदि १–२ मिनेटभित्रै ठीक नभए चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।
बिरामीको रक्तचाप र चिनीको मात्रा पनि हेर्न सकिन्छ । चिनीको वृद्धिभन्दा अचानक घट्नु झनै घातक हुन सक्छ । विशेष गरी औषधि लिएका मधुमेहका बिरामीहरू सतर्क हुन आवश्यक छ । कसरी मतदान केन्द्रमा मत हाल्न उभिनुपर्ने समय घटाउने भन्नेतर्फ आयोग र सरकारले ध्यान दिनुपर्छ । अमेरिका लगायतका देशमा यो समयलाई केही मिनेटमा सीमित राख्ने प्रयास भैरहेको छ । नेपालले उनीहरूको तरिकाबाट सिकेर, त्यस समयलाई कम गर्ने प्रयास गर्नु आवश्यक छ । गर्मी मौसम, विभिन्न खाले दबाबका बीच मानसिक असुरक्षा र तनावको स्थिति पनि पैदा हुन सक्छ । यसरी लामो समयसम्म उभिन अप्ठ्यारो हुनेहरूका लागि पंक्तिमा बस्ने या छुट्टै लाइनको व्यवस्था गर्न सकिन्छ । गर्मीको मौसममा पिउने पानीको व्यवस्था नहुँदा मृगौलालाई असर पर्न सक्छ । विभिन्न कारणले छिटोछिटो मलमूत्र त्याग गर्नुपर्नेहरूका लागि सहज व्यवस्था हुनुपर्छ । चुनावमा यस्ता पक्षप्रति गम्भीर बन्दै मतदाताको स्वास्थ्यको ख्याल गर्न आवश्यक छ
मतदानस्थलमा स्वास्थ्यको ख्याल गरौं
मतदानस्थलमा स्वास्थ्यको ख्याल गरौं
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

