काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विराटनगरस्थित दुगड स्पाइसेज एण्ड फुड इण्डस्ट्रिज प्रालीले उत्पादन गरेको सेन्चुरी मसलामा अखाध्य वस्तु भेटिएपछि ३ लाख रुपैयाँ जरिवाना गरेको छ।
राष्ट्रिय उपभोक्ता मञ्च नेपालले २०७८ साउन २९ गते विभागमा उजुरी गरेको थियो । विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा १ अनुसार तीन लाख रुपैयाँ जरिवाना गरेको छ। त्यस्तै विभागले आगामी दिनमा गुणस्तरिय मसला उत्पादन गर्न समेत निर्देशन दिएको छ ।
मन्चले खाद्य गुणस्तर सम्बन्धी नियमन निकायको रुपमा रहेको श्री खाद्य प्रबिधि तथा गुणस्तर बिभागलाई मिति २०७८।१।४ मा आवश्यक कारवाहीको लागी माग गरी सकेको र कारवाहीको क्रममा रहेको व्यहोरा सम्बन्धीत सबैमा अनुरोध गरेको थियो । दुगड स्पाइसेज एण्ड फुड इण्डस्ट्रिज प्रालि मोरङबाट उत्पादन हुने सेन्चुरी ब्राण्डका मसलाहरु उपभोग गर्दा होशियार रहनको लागी अनुरोध समेत गरेको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडको स्वामित्वमा दुगड स्पाइसेज एण्ड फुड इण्डस्ट्रिज प्रालि रहेको छ । उनी तत्कालिन केपी ओली सरकारको पालमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत भएको थिए ।

