काठमाडौं । नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग)ले चैत १८ र १९ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ ।
काठमाडौं । नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग)ले चैत १८ र १९ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ ।
कोभिड महामारीको समयमा प्रजनन स्वास्थ्यका क्षेत्रमा देखिएका समस्या र उक्त समयमा गरिका काम तथा आगामी दिनमा यस्ता महामारीको समयमा कसरी प्रजनन् स्वास्थ्यमा काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिने जनाइएको छ ।कोरोना महामारीले बालबालिका, प्रौढ महिला तथा सबै महिलाहरुको प्रजनन स्वास्थ्यमा असर पारेको स्त्री रोग विशेषज्ञहरुले बताएका छन् ।
स्त्री रोगसँग सम्बन्धित समस्या जस्तो महिलाको पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, संक्रमणहरु, यौनरोगहरु छन्। नेपालमा टड्कारो रुपमै देखिएको समस्या पाठेघर झर्ने समस्या, प्रसवको बेलामा लामो व्यथा लाग्दा समयमा बच्चा जन्माउन नसक्दा देखिने फिस्टुलाको समस्या, दिशा, पिसाब चुहिने, प्रसव फिस्टुलाको समस्या पनि देखिने गरेको छ। यस्तै महिनावारी हुँदा पेट दुख्ने, रगत धेरै बग्ने, डल्ला, गाँठाहरु आउने लगायतका समस्याहरु पनि देखिन्छ। अर्को ठूलो समस्या पिसाब चुहिने समस्या, महिनावारी सुकेपछि हुने समस्याहरु छन्। चेतनाको स्तर, उपचारमा पहुँचको अभाव, भौगोलिक अवस्था पनि कारक हुन्। यस्ता समस्या देखिदा कहाँ उपचार गर्नेरु उपचार खर्च जुटाउने, आर्थिक, शैक्षिक अवस्थामा महिलाको पहुँचको अवस्थाले स्वास्थ्यमा सुधार हुन नसक्नु तथा समस्या बढ्नुको कारण हो। महिनावारी हुँदा अलिअलि पेट दुख्ने, कहिलेकाँही सामान्य संक्रमणलाई सामान्य मान्न सकिन्छ। ट्यूमर हुने, बच्चा जन्मने क्रममा हुने समस्याहरु पाइएका छन् ।
नेसोगमा आवद्ध भएका प्रसूति तथा स्त्री रोग विशेषज्ञको संख्या ६ सय जति छौं। यो सबै गर्दा नेपालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ ७ सय जति हुनुहुन्छ। सरकारी दरबन्दीको अवस्थालाई हेर्दा सबैभन्दा ठूलो अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमै संख्या निकै कम छ। बाहिर प्रदेश अन्तर्गतका अस्पताल तथा जिल्लाहरुमा पनि कम छन्। काठमाडौं तथा काठमाडौं बाहिरका मेडिकल कलेजहरुमा चाँही पढाउने र प्राक्टिस पनि गर्ने तथा सिक्दै गरेका रेजिडेन्टहरु पनि भएको हुनाले त्यसले केही भरथेग गरेको छ। तर विशेषज्ञको संख्या कम नै हो।
गुणस्तरिय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न प्रसूति तथा स्त्री रोगको क्षेत्रमा के कस्ता काम गर्न आवश्यक छ ? कस्ता विषयहरुमा समस्या छन् ?
गुणस्तरिय बनाउन संरचना, मानविय संसाधन र इक्प्युमेन्टहरु भएमा मात्र गुणस्तरिय सेवा दिन सकिन्छ। प्रसवको लागि सामान्य नहुँदा अप्रेसन गराउनुपर्ने हुन्छ। यस्तो सुविधा नभएको ठाउँमा ज्यानको जोखिम छ। स्वास्थ्यसंस्थामा समयमै पुग्न नसक्दा ज्यानै जाने जोखिम पनि छ।
खासमा सामान्य अवस्थाको प्रसव तालिमप्राप्त स्वास्थ्यकर्मी र मिडवाइफले गर्दा हुन्छ। सामान्य प्रसवमा नै विशेषज्ञलाई व्यस्त बनाउँदा अलि जटिल केसहरुमा समय दिन नभ्याइने हुन सक्छ। त्यसकारण सामान्यभन्दा पनि अलि जटिल केसमा नै विशेषज्ञहरुले बढी समय दिने अवस्था हुनुपर्छ। विशेषज्ञको कमीलाई मिड लेभलको जनशक्तिले सेवा दिन सक्दा सहज हुन्छ। विदेशमा मिडवाइफ्री सेवा प्रभावकारी भएको छ। नेपालमाअझै कम छन्। विशेषज्ञले विभिन्न विधा र जटिल केसमा ध्यान दिन समय पाउँदा सेवाको गुणस्तर बढाउन सक्छन्।
सम्मेलनमा पनि ५ वटा कार्याशाला आयोजना गरिएको हो । यो पटक चैत १६ गतेदेखि ‘कस्मेटिक गाइनोकोलोजी’को विषयमा कार्याशाला गर्यौं। यस्तै पाठेघरको मुखको क्यान्सरको उपचार र निदानको विषय, विश्वमा भइरहेका टेक्नोलोजि, दुरविनको विधिबाट गरिने अप्रेसन तथा उपचार, हिस्ट्रोसकोपी विधि अर्थात पाठेघर भित्र दुरविन राखेर त्यहाँ भित्रको रोग पत्ता लगाउने र उपचार गर्ने विषयमा कार्याशाला समावेश छ ।
यो क्षेत्रमा सरकारको झनै ठूलो भूमिका रहन्छ। अहिले प्रदेश र स्थानीय सरकार बनेको छ। कताकता हाम्रो समन्वय नपुगेको आभाष भइरहेको अवस्थामा सरकारको ठूलो भूमिका रहन्छ। रिसोर्स जुटाउने, योजना बनाउने, कार्यान्वयन गर्ने, नियमन गर्ने लगायतको सबै भूमिका सरकारको हो। अहिले स्वास्थ्यमा अझै बजेट पुगेको छैन। सरकारले बजेट बढाउनुपर्छ, अस्पताल, विशेषज्ञ तथा अन्य स्वास्थ्यकर्मी, इक्प्युमेन्ट व्यवस्थापन गर्नुपर्छ। त्यो भयो भने गुणस्तरिय स्वास्थ्यसेवा प्रदान गर्न सकिन्छ।यस्तै प्रसवको बेलामा धेरै रगत बगेर मृत्यु हुने वा मृत्युको जटिलता हुने पोष्टपार्टम हेमरेजको समस्यामा रगत बग्न नदिने तथा रगत बगिसकेकाहरुको उपचारबारे पनि कार्यशाला दक्षिण एसियाको रिजनल फेडेरेसन र भारतको फोक्सीसँग मिलेर २० गते कार्याशाला आयोजना गरिएको नेसोग अध्यक्ष गणेश दंगालले बताए ।

