काठमाडौँ — नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाजको १६ औं राष्ट्रिय सम्मेलनअन्तर्गत बुधबारदेखि कस्मेटिक गाइनोकोलोजीसम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । यो गोष्ठी मुलुकमै पहिलो पटक भएको दाबी गरिएको छ ।
कस्मेटिक गाइनोकोलोजीअन्तर्गत महिलाहरुको योनीमा हुने असहजता र समस्याहरुको निराकरण गरिन्छ । साथै हाँस्दा, खोक्दा, काम गर्दा पिसाब चुहिने र महिनावारी रोकिनलाग्दा वा महिनावारी रोकिएपछि योनीमा हुने सुख्खापना आदिको उपचार समेत पर्दछ ।४० जना प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको सहभागिता रहेको गोष्ठी उद्घाटन गर्दै नेसोगका अध्यक्ष प्रा.डा. गणेश दंगालले कस्मेटिक गाइनोकोलोजी विश्वभरी माग भइरहेको र नेपालबाट यो सेवा लिन विदेशमा गइरहेको अवस्थामा विशेष कार्यशाला सञ्चालन गरिएको बताए ।
कार्यक्रममा विदेशबाट विशेषज्ञहरु आई सहजीकरण समेत गरेका छन् । कार्यक्रममा नेसोगअन्तर्गत कस्मेटिक गाइनोकोलोजीको समितिसमेत गठन गरिएको छ ।

