काठमाडौं : नेपालमा अनुमानित एक लाख पाँच हजार दृष्टिविहीन रहेको तथ्यांक सार्वजनिक भएको छ । तिलगंगा आँखा प्रतिष्ठानकाअनुसार देशभर १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषको समस्या रहेको छ । जसमध्ये झण्डै ६० प्रतिशत न्यून दृष्टि महिलामा रहेको छ ।
अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार र १६ प्रतिशत अन्धोपन रोकथाम गर्न सकिने खालका छन् । पछिल्लो २० वर्षमा संक्रमण रोग जस्तै ट्रकोमाका कारणले हुने न्यूनदृष्टि समस्या नियन्त्रण भएको छ । अनुमानित ३० प्रतिशत मानिसलाई आँखाको समस्या देखिने हुँदा नियमित आँखा जाँच गराउनुपर्ने हुन्छ । पछिल्लो २० वर्षमा संक्रमण जस्तै ट्रकोमाका कारणले हुने न्यूनदृष्टि समस्या नियन्त्रण भएको छ ।
सन् २०१४ मा नेपालको केही भागमा गरिएको सर्भेअनुसार बालबालिकाको आँखाको रोग सम्बन्धी अध्ययनमा ०.०६ प्रतिशत बालबालिकामा बाल अन्धोपन देखिएको छ । त्यसमध्ये ८० प्रतिशत बालबालिकाहरुको उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ । हरेक ५ जना अन्धोपन भएका मानिसमध्ये ४ जनाको उपचार र रोकथाम सम्भव रहेको नेत्ररोग विशेषज्ञहरु बताउँछन् ।

