काठमाडौं । करिब ९० करोड लगानीमा बाँकेमा स्थापना भएको आईडियल फर्मास्युटिकल्स कम्पनि प्राइभेट लिमिटेडले नयाँ औषधि उत्पादन गर्ने तयारी अन्तिम चरणमा छ । आगामी बैशाखसम्म औषधि बजारमा उपलब्ध गराउने तयारी छ ।
विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन मापदण्ड (जिएमपी) लगायतका आवश्यक सबै मापदण्ड पुरा गरेको कम्पनिले जनाएको छ । आगामी वैशाखमा १७ प्रकारका औषधि बजारमा ल्याउने तयारी भइरहेको जनाइएको छ । कम्पनीमा जग्गा, भवन तथा अत्याधुनिक उपकरणसहित गरि ९० करोड लगानी रहेको छ ।
कम्पनिको अध्यक्षमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कुमार शान शाह छन् । अन्य चिकित्सकह?को समूहको लगानी रहेको जनाइएको छ । कम्पनीका कार्यकारी निर्देशक शरदचन्द्र ओझाका अनुसार, पहिलो चरणमा आईडियलले आँखा, नाक, कान र घाँटीका रोग तथा समस्याको उपचारमा प्रयोग हुने औषधि उत्पादनको लागि औषधि व्यवस्था विभागबाट स्वीकृति लिइसकेको छ । बजारमा पठाउनको लागि मार्केटिङ लाइसेन्स लिनु पर्ने हुन्छ ।
आगामी वैशाखसम्म १७ प्रकारका औषधि बजारमा पठाउने लक्ष्य रहेको छ । औषधि उत्पादनका लागि कम्पनीले ३ विघा क्षेत्रफल जमिन ओगटेको छ । ३६ हजार स्क्वायरफिटमा कारखाना बनाइएको छ । कम्पनीका मार्केटिङ निर्देशक राजेन्द्र प्रसाद डल्लाकोटीका अनुसार, आँखा, नाक, कान र घाँटीको उपचारमा प्रयोग हुने औषधिका साथै सामान्य एन्टिबायोटिक मलिक्युल देखि हाइटेक मलिक्युलसम्म बनाउने योजना रहेको छ ।
२o७४ साल माघ ८ गते कम्पनी स्थापना गरिएको हो ।
आईडियल फर्माद्धारा औषधि उत्पादनको तयारी
आईडियल फर्माद्धारा औषधि उत्पादनको तयारी
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

