काठमाडौं । कोरोना विरुद्धको खोप उपलब्ध गराउने क्रममा चीन अगाडि देखिएको छ ।चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई जनगणतन्त्र चीनले नेपाललाई कोभिड १९को थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने बारेमा जानकारी गराउनुभएको छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

