करीब २० प्रतिशत वयस्क नेपाललाई मुटुको एउटा प्रमुख समस्याका रुपमा उच्च रक्तचाप छ । शहरिया, शिक्षित र सम्पन्न वर्गका व्यक्तिहरु उच्च रक्तचापको समस्या व्यहोरिरहेका छन् । रक्तचापलाई माथिको (सिस्टोलिक) र तलको (डायस्टोलिक) दुई वटा अंकमा नापिन्छ ।
सामान्यतया वयस्क मानिसको माथिको रक्तचाप ९० देखि १४० र तलको ६० देखि ९० एमएम हुनु पर्छ । मधुमेह नभएका व्यक्तिको रक्तचाप १३० र ८० भन्दा कम हुनु राम्रो मानिन्छ । भने मधुमेह रोगीको १२० र ७५ को आसपासमा हुनु पर्दछ ।
के गर्ने ?
रक्तचाप अलिकति मात्र बढ्न शुरु गरेको छ भने नून र चिल्लो पदार्थ कम खानु पर्छ ।
नियमित शारीरिक व्यायाम गर्ने र शरीरको वजन घटाउने काम गरेर पनि रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ ।
खानपान र जीवनशैलीमा परिवर्तनल पनि घटेन भने औषधि नै खानु पर्ने हुन्छ ।
धुम्रपान, मद्यपान र मानसिक तनावबाट टाढै रहनु पर्छ ।
सादा खाना , फलफूल र हरियो तरकारी सेवनले निकै फाइदा हुन्छ ।
प्राकृतिक चिकित्सा वा योगाभ्यास आदिलाई पनि साथसाथै लैजानु राम्रो हुन्छ ।
३५ वर्षको उमेर पार गरेपछि कम्तीमा वर्षको एक पटक स्वास्थ्यकर्मी कहाँ गएर रक्तचाप बढे नबढेको ध्यान दिने गर्नु पर्छ ।
टिप्स
धुम्रपान बन्दै गर्नुहोस
वजन घटाउनुहोस
तनावमुक्त र सक्रिय रहनुस
नुन चिल्लो कम खानुस
हरियो सागपात , फलफूल धेरै खानुस
औषधि सेवन गर्न थाल्नु भएको छ भने नियमित खानुस
उच्च रक्तचाप जीवनपर्यन्त लाग्ने रोग भएकोले औषधि नियमित सेवन गर्नु पर्छ ।

