काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाल्का वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना भएका छन् ।
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यका अनुसार, नेता खनालको बुधबारबाट नै उपचार शुरु भएको छ । राजदूत आचार्यले नेता खनाल र उपचारमा संलग्न चिकित्सकसँग पनि भेटघाट गरि स्वास्थ्य अवस्थाबारे बुझेका थिए ।
नेता खनाल गत सोममाबार नर्भिक ईन्टरनेशनल अस्पतालमा भर्ना भएका थिए । थप उपचारकालागि नयाँ दिल्ली जाने क्रममा उनले प्रेस विज्ञप्ति जारी गर्दै एक पछि अर्को स्वास्थ्य समस्याको कारण चिकित्सकहरुको सल्लाहमा केहि दिनको दिनको लागि बाहिर जान लागेको जनाएका छन् ।
सफल उपचारपछि स्वदेश फर्केर सबै माझ उपस्थित हुने विश्वास लिएको नेता खनालले विज्ञप्तिमा उल्लेख गरेका छन् । नयाँ दिल्ली प्रस्थान गर्नु अघि नेता खनाललाई भेट्न एमाले महासचिव ईश्वर पोखरेल नर्भिक अस्पताल पुगेका थिए ।
नेता खनाललाई गत माघ महिनामा कोरोना भाइरस संक्रमण भएको थियो ।

