बर्दिया : कोरोना संक्रमणबाट बर्दियाको ठाकुरबाबा नगरपालिका १ की ५ महिनाकी गर्भवतीको निधन भएको छ । उनी ३४ वर्षकी थिइन ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बर्दियाका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार वैशाख २२ मा पीसीआर गरी २४ गते भर्ना भएकी थिइन ।
उनको गए राति २ः५८ बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । यस्तै, गुलरिया नगरपालिका १० बर्दियाका ६० वर्षिय पुरुषको समेत नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान ४ः४५ बजे मृत्यु भएको छ ।

