काठमाडौँ,गृह मन्त्रालयले अस्पतालबाहेक अन्य प्रयोजनमा रहेका अक्सिजन सिलिन्डर नजिकका स्थानीय प्रशासन वा स्थानीय निकायमा उपलब्ध गराउन अपील गरेको छ ।
मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बिहीबार विज्ञप्ति जारी गर्दै कोभिड संक्रमितको उपचारको लागि अक्सिजन अभाव हुन नदिन र आपूर्ति सहज बनाउन सिलिन्डर उपलब्ध गराइदिन विशेष अपील गरेका हुन् ।
‘यस विषय परिस्थितिमा अक्सिजनको सहज आपूर्ति तथा न्यायपूर्ण वितरण प्रणालीमा गृहमन्त्रालयले समन्वयकारी भूमिका निर्वा गरिरहेको हुँदा कोभिड उपचारको लागि यसको अभाव हुन नदिन र आपूर्तिलाई सहज बनाउन सबैले अस्पताल बाहेक अन्य प्रयोजनमा विभिन्न उद्योग, व्यवसाय, आयोजना, इन्जिनियरिङ कलेज, CTEVT का तालिम केन्द्र तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिन्डर स्वत:स्फूर्त रुपमा नजिकको स्थानीय प्रशासन वा सुरक्षा निकायमा उपलब्ध गराई,’विज्ञप्तिमा लेखिएको छ,’कोभिड उपचारजस्तो मानवीय कार्यमा योगदान दिनुभई नेपाल सकारको कोभिड १९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी तुल्याउने अभियानमा सक्रिय सहभागिताका लागि गृह मन्त्रालय सबैमा विशेष अपील गर्दछ ।’
अक्सिजन सिलिन्डर उपलब्ध गराउन गृह मन्त्रालयको अपील
अक्सिजन सिलिन्डर उपलब्ध गराउन गृह मन्त्रालयको अपील
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

