काठमाडौं । कोरोना भाइरस विरुद्धको दोस्रो चरणको चिनियाँ खोप भेरोसेल आउँदो जेठ २ गतेदेखि सुरु गर्ने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकामा जेठ २ गतेदेखि खोप लगाउने जनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यकामा एन्टी कोभिड खोपको दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी, भिडभाड नगरि व्यवस्था मिलाउन पत्राचार गर्ने जानकारी दिए ।

